यती एयरलाइन्सको पाइलट कोपाइलटको गम्भीर लापरबाही : ७२ जनालाई बनाइयो प्रयोगशाला

11.3k
Shares

काठमाडौं ।

यती एयरलाइन्सका पाइलट र कोपाइलटले ७२ यात्रु बोकेको विमानलाई प्रायोगशाला बनाउँदा ठूलो दुर्घटना भई मानवीय क्षति भएको खुलासा भएको छ। २०७९ माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाअघिको ककपिट भ्वाइस रेकडर्स (सीभीआरए) सार्वजनिक भएपछि सो तथ्य बाहिरिएको हो।

७२ जनालाई प्रयोगशाला बनाएको दुर्घटनामा परी मृत्यु भएका पाइलट कमल केसी र कोपाइलट अञ्जु खतिवडाबीच जहाज दुर्घटना हुनुपूर्व भएको कुराकानीको अडियो सार्वजनिक भएसँगै उनीहरूको लापरबाही नै दुर्घटनाको कारण भएको पाइएको हो।

विमान दुर्घटनापछि सरकारले जाँचबुझ आयोग गठन गरेको थियो । सो आयोगले जहाज दुर्घटनामा चालक दलको कमजोरी रहेको निष्कर्ष निकालेको थियो। पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले करिब ९ महिना लगाएर प्रतिवेदन तयार गरेको थियो। जसमा कोपाइलटबाट पाइलट बनाउँदा मापदण्ड पूरा गरे पनि ७२ जनाको ज्यान धरापमा पार्ने गरी परीक्षण गर्न अनुमति दिनु नै गलत भन्ने देखिएको छ।

दुर्घटनाको समयमा पाइलट र कोपाइलट बीच भएको कुराकारी सार्वजनिक भएको अडियोको संवादलाई लिएर सांसद्देखि सरकारसम्मको ध्यानाकर्षण गरेको छ। अडियोमा पाइलट केसीले कोपाइलट खतिवडालाई सबै कन्ट्रोल जिम्मेवारी दिएर आफूले निर्देशन मात्रै दिएको सुनिएको छ। संवादमा कोपाइलट अञ्जुसँग जहाज चलाउने सामान्य जानकारी पनि नभएको जसरी संवाद भएको छ। यसबाट कोपाइलटबाट पाइलटका लागि चाहिने योग्यतामाथि नै प्रश्न खडा भएको छ। यस्तै, कोपाइलटबाट पाइलट बन्न अनुमति दिने जिम्मेवार निकाय, यती एयरलाइन्सको गम्भीर लापरबाही देखिएको छ।

अवतरणका लागि प्रयत्न गर्नुभन्दा अगाडि गरिएको संवादका क्रममा कोपाइलट खतिवडाले पाइलट केसीको निर्देशनअनुसार काम गर्नुभएको छ। अडियोको प्रारम्भमै पाइलट केसीले आफूहरू निकै माथि आइपुगेको उल्लेख गर्नुभएको थियो। कोपाइलट खतिवडाका लागि क्याप्टेन पास गर्न अन्तिम उडानका रूपमा रहेकाले पाइलट केसीले सम्पूर्ण कमान्ड खतिवडालाई नै छोड्नु बाध्यता भए पनि क्षमता नभएको कोपाइलटलाई सम्पूर्ण जिम्मेवारी दिनु त्रुटि देखिएको छ।

सामान्यतया दुर्घटनाग्रस्त जहाजको ब्ल्याकबक्समा सुरक्षित अडियो सार्वजनिक गरिँदैन। कानुनी हिसाबले पनि यस्तो काम दण्डनीय हुन्छ। यद्यपि, यती एयरलाइन्सको जहाज दुर्घटनाबारे ककपिटमा भएको अडियो रेकर्ड नै बाहिरिनुले सम्बद्ध निकायको कमजोरी रहेको बुझिन्छ।

यस्तो छ, पाइलट र कोपाइलटबीच भएको कुराकानी

पाइलट : अहिले हामी वान जिरो डेभिड सिक्स फाइभ । अहिले फाइभ थ्री भए पनि टेरेन (डाँडा) आउँदैन र छ । हामी सिक्स फाइभ धेरै माथि पो रहेछौं त पहिला । अब हेयरिङ मोडतिर जाऔं अलिक राइटतिर बस यसले ठीक लादैन राइट हेरियङ थ्री वान जिरो हेयरिङ ।
कोपाइलट : हजुर ।
पाइलट : वानवानफाइभ छ । त्यहाँ त्यसमा चाहिँ बल्ल सेटल हुन्छ रनवे वानटु जिरो चाहिँ वानवानफाइभमा सेटल हुन्छ ।
कोपाइलट : ए, ए ।
पाइलट : झर्दै जाऊँ फोरवानसम्म झरे हुन्छ । अनि पहिला पुरानो पासमा पार है सानो ठाउँमा ।
कोपाइलट : ए, हुन्छ हुन्छ ।
पाइलट : तिमी जेट स्ट्रिममा हुँदा त गरेको हो त सबै ।
कोपाइलट : हो हो, गरेको हो ।
पाइलट : त्यो पासमा थ्री थाउजेन्ड फाइभ हन्ड्रेजजति झर्ने फ्लाप्ससहित लिएर है । ऊ त्याँ रनवे भिजुवल छ । अझै राइटमा बस राइट ह्याड डाउन, ए लेफ्ट ह्यान्ड डाउन ।
पाइलट : पुरानो एयरपोर्टमा बेस बनाउ है ।
कोपाइलट : बेस बनाउनु परो ?
पाइलट : हजुर, टु टुलाई बेस बनाएर भीओआर हेर ।
कोपाइलट : अँ । भिजुअल ।
पाइलट : त्यसपछि कन्टिन्यु टर्नको टर्न नै गर है ।
कोपाइलट : हजुर ।
पाइलट : अँ ठ्याक्क त्यो डाँडामा ।
कोपाइलट : ओके ।
पाइलट : धेरै जनालाई गराइसकेँ । कम्फर्टेबल नै छ त्यस्तो अनकम्फर्टेबल छैन । बिहान मात्र हो अर्ली मर्निङमा चाहिँ डाइरेक्ट आँखामा घाम आउँछ अनि मिस्ट (तुँवालो) हुन्छ । त्यतिले मात्र हो ।
कोपाइलट : अब यो ५ माइल्सबाट चाहिँ झर्ने । होइन त अब ?
पाइलट : ओके । डाउन टु थ्री थाउजेन्ड । फाइनलमा चाहिँ थ्री थाउजेन्डमा ठिक्क हुन्छ । (टावरसँग पाइलटले विमान अवतरणका लागि सम्पर्क गर्छन्)
पाइलट : पोखरा यती एयरलाइन्स सिक्सनाइनवान । ड्राइभिङ लेफ्ट एन्ड डाउन फर रन वे वानटु । (ल्यान्डिङ गर्न अनुमति प्राप्त भएको अस्पष्ट कुराकानी)
पाइलट : त्यो दुईवटा डाँडाको बीचमा ल्याऊँ है । थ्री फाइभ मात्र र धेरै तल पनि नजाऊ । त्यो रेडियो नेपालको टावर याद गरेको थिएन होला ऊ त्यो चाहिँ हो त्यो ठूलो । डाँडाको अलि यता । धेरै लङ बनाउन खोज्यौं भने त्यो टावरतिर पुग्छ नि फेरि । त्यता जानु हुँदैन ।
पाइलट : ओके अब डाउन ।
कोपाइलट : अब म्यानुअल लिने हो सर ?
पाइलट : ए पर्दैन । एकछिन ठिकै छ । सीधा गइन्जेल पर्दैन । त्यसपछि लास्टमा चाहिँ म्यानुअल । ल अब यहाँबाट चाहिँ म्यानुअल लिए हुन्छ । (ककपिटमा टुँ टुँ आवाज आउँछ ।)
कोपाइल : ओके ।
पाइलट : फ्ल्यास लिभर वान फिफ्टी । फ्लाप्स थर्टी झर्दै जाऊ है ।
पाइलट : रेडी फर ल्यान्डिङ । ल्यान्डिङ गियर ।
कोपाइलट : डाउन ।
पाइलट : फ्लाप्स ?
कोपाइलट : थर्टी ।
पाइलट : ट्रान्समिसन ?
कोपाइलट : टेकअफ (अस्पष्ट निर्देशन र जवाफ)
पाइटल : एक्सटर्नल लाइट ।
कोपाइलट : अन ।
कोपाइलट : के आयो ?
पाइटल : हेर ।
कोपाइलट : एयर लिफ्ट भनेर आइरहेको छ । (ककपिटमा जहाजको उचाइ संकेत ध्वनि बज्छ ।)
कोपाइटल : कन्टिन्यु टर्न होइन ?
पाइटल : हो ।
पाइलट : यो नयाँ एयरपोर्टपट्टि अलिक तलै ।
कोपाइलट : लैजानु परो ?
पाइलट : होइन होइन तल होइन । यो यत्तिकै ठीक छ पावर हाल है ।
कोपाइलट : (आत्तिँदै) पावरै आएन । (झन् डराउँदै) पावरै आएन त ।
(रनवे वानटुमा ल्यान्ड गर्न एटीसीको संकेत)
पाइलट : पावर । अगाडि हाल्नु परो नि ।
कोपाइलट : (डराउँदै) आएन सर, टर्क नै आएन के सर ।
पाइलट : यता जाऊ त ।
कोपाइलट : यो डुअल ल्यान्डिङ है सर ।
पाइलट : हँ ।
कोपाइलट : टर्क नै आएन के सर । यो आउनुपर्ने नि त टर्क यतातिर के सर । ओके ।
पाइलट : के भयो ?
(जहाजमा खतराको संकेत टुँटुँटुँटुँ आवाज आउँछ) (कोपाइलट चिच्याएको आवाज आउँछ) त्यसपछि विमान सेती नदी खोँचको डिलमा बजारिन पुग्छ ।