एआइजी ज्ञवालीमाथि संगीन आरोप, छानबिन गर्न समिति गठन

13.35k
Shares

काठमाडौ । प्रहरी प्रधान कार्यालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुखमाथि छानबिन अघि बढाएको छ।
सीआईबी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीमाथि छानबिन गर्न प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जानकारी दिएका हुन ।

प्रहरी प्रधान कार्यालय प्रशासन विभागका एआईजी टेकप्रसाद राईको नेतृत्वमा पाँच सदस्यीय समिति बनाइएको हो। प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखामा उनीविरुद्ध उजुरी परेपछि अर्का एआइजी टेकप्रसाद राईको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।

एआईजी ज्ञवालीमाथि विभिन्न प्रकारका उजुरी परेको भन्दै उनीमाथि प्रहरी मुख्यालयले छानबिन गर्न लागेको हो।