सैनिक जवानको मृत्यु

742
Shares

चितवन ।

भरतपुर महानगरपालिका- १ पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा एक सैनिक जवानको मृत्यु भएको छ।

नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा कार्यरत २७ वर्षीय सिपाही निगम नेपाली सार्कीको मृत्यु भएको हो । प्रहरीका अनुसार सोही गणमा कार्यरत २६ वर्षीय दिनेश थापा गम्भीर घाइते भएका छन् ।

गए राति बसपार्कबाट रामनगरतर्फ गइरहेको कारले विपरीत दिशाबाट आइरहेको उनीहरू सवार मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा घाइते दुवै जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको थियो । उपचारका क्रममा सैनिक जवान सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।