भारी वर्षापछिको काठमाडौं यस्तो देखियो (फोटो फिचर)


काठमाडौं ।

पछिल्लो १२ घण्टामा काठमाडौं उपत्यकासहित देशभर वर्षा भएकाे छ । मनसुनी वायुको प्रभावले काठमाडौं उपत्यकामा गएरातिदेखि भारी वर्षा भएकाे जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अहिले वर्षा रोकिएकाे छ भने आकाश खुलेको छ।

आगामी २४ घण्टामा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न विभागले अनुरोध गरेको छ।