माओवादी केन्द्रको पदाधिकारी बैठकमा आज प्रचण्डले जवाफ दिने

252
Shares

काठमाडाैं।

माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । यसअघि बिहान ११ बजे बस्ने भनिएको बैठक अब २ घण्टा पछाडि दिउँसो १ बजे हुने भएको हो ।

बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हुँदै छ । केही दिनदेखि जारी बैठकमा सोमबार नेताहरुले धारणा राख्ने क्रम सकिएको थियो ।

आज बैठकमा उठेका प्रश्नहरुको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची रहेको छ । साथै बैठकले पार्टीको आगामी रणनीति बारे पनि निर्णय लिने बताइएको छ ।