विद्यालयस्तरको बक्सिंग प्रतियोगिता सम्पन्न


ललितपुर ।
नेपाल बक्सिङ्ग महासंघको आयोजनामा भएको राष्ट्रव्यापी जुनियर तथा विद्यालयस्तरिय छात्र-छात्रा बक्सिंग प्रतियोगिता सोमबार सम्पन्न भएको छ । प्रतियोगितामा ३२ जिल्ला र क्लबहरुबाट १४८ जना छात्र तथा छात्राहरु सहभागी रहेका थिए । ४६ केजी ब्वाइजमा बाँकेका चन्दन शाहीले पहिलो स्थान हासिल गरे । उनले अछामका रोहित जनलालाई अत्यन्तै प्रतिष्पधात्मक खेलमा ३–२ अंकको आधारमा पराजित गरेका थिए ।

४८ केजीतर्फ अल्फा बक्सिंग क्लब दाङका कमल गुरुंगले दाङकै लोकेश पुनलाई ४–० अंकको आधारमा पराजित गरी गोल्ड जिते । ५० केजीतर्फ फाइट क्लब काठमाण्डौका सेवाङ्ग दोर्जे तामाङले ललितपुरका स्वभाव थापालाई ५–० अंकको आधारमा पराजित गरे ।

५२ केजीमा भुमि बक्सिंग क्लब चितवनका सरोज तामाङले एचटूओ बक्सिंग क्लबका प्रज्ज्वल खत्रीलाई अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा ३–२ अंकको आधारमा हराएर गोल्ड जिते । ५४ केजीमा झापा जिल्ला बक्सिंग संघका अनभास बुढाथोकी दाङका तुलसी राम बुढाथोकीबाट ओभरको आधारमा बिजयी भयो । ५७ केजीमा अछामका विनोद नगर्जीले भाइव क्लवका मिसन गुरुंगलाई ५–० अंकको आधारमा पराजित गरे ।

६० केजीमा बक्समान्डौका सेरप गेलचेन शेर्पाले सीजीजी बक्सिंग क्लबका सिजन घलेलाई तेस्रो राउन्डमा आरएससीको आधारमा पराजित गरि पहिलो भए । ६३ केजीमा एबीसी बक्सिङ क्लबका युनिक राईले सीजीजीका निकेश गुरुङ्ग भट्टराईलाई ४–० अंकले पराजित गरे ।

यस्तै, ६६ केजीमा मागी बक्सिंग क्लबका नविनतम खड्काले उदयपुरका रोजन मगरलाई आरएससीको आधारमा पराजित गरे । ७० केजीमा सुनसरीका उत्सव तामाङले सीजीजीका आयुष तामाङलाई ५–० अंकले पराजित गरी पहिलो भए । ७० केजीभन्दा माथिको तौल समुहमा सीजीजीका रिजोन रुम्वाले दमकका ग्याल्वु आङदेम्बेलाई ५–० अंकको आधारमा पराजित गरी गोल्ड मेदल जिते ।

विजय खेलाडीमध्येबाट उत्कृष्ट ३ जना खेलाडीलाई यही अगष्ट २६ देखी सेप्टेम्वर १० २०२४ मा युनाइटेड आख ईमेरिटेसनमा हुने एसबीसी जुनियर र स्कुल ब्वायज÷गल्र्स बक्सिङ च्याम्पियनसिपमा सहभागी गराईने छ ।