पोखरामा स्कुल बस दुर्घटनाको कारण …उही तीव्र गति

0
Shares

पोखरा ।

नेपालमा हरेक वर्ष सवारी दुर्घटना बढ्दो क्रममा छ । सवारी दुर्घटना हुँदा अधिकांश कारण चालक लापरबाही र तीव्र गति हुने गरेका छन् । आर्थिक वर्ष २०८०÷०८१ मा कास्कीमा सवारीबाट अंगभंगसम्बन्धी १६ मुद्दा दर्ता भए ।

तीमध्ये अधिकांश दुर्घटनामा तीव्र गति नै थिए । पोखरामा सोमबार बिहान विद्यालयको बस दुर्घटना हुँदा आमा–छोराको ज्यान गयो । पोखरा १७ विरौटासि्थत एल.पी. देवकोटा मेमोरियल बोर्डिङ स्कुलको ग १ क ६२१९ नम्बरको बस रामदीबाट विद्यार्थी बोकेर छोरेपाटन आउँदै गर्दा सडकबाट अनियनि्त्रत भई खस्न पुगेको थियो । सडकदेखि करिब ५० मिटर तल खस्दा ३० जना सवारमध्ये दुई जनाको मृत्यु हुँदा २९ जना घाइते हुनुभएको छ ।

घाइतेमध्ये तीन जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भएको छ भने १५ जनाको गण्डकी मेडिकल कलेज र १२ जनाको पशि्चमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना हुनाका कारण प्रारमि्भक रूपमा तीव्र गति देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख भानु शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

बसमा सवार विद्यार्थी
दुर्घटनामा परी बसमा सवार कास्की पोखरा म.न.पा. २१ कृष्तीका ३३ वर्षकी आरती विक (विद्यालय कार्यालय सहयोगी) र उहाँको ६ वर्षीय छोरा पि्रन्स विकको मृत्यु भयो । यस्तै घाइतेमध्ये गण्डकी मेडिकल कलेजमा ९ वर्षीय अनमोल बि.क., ५ वर्षीय रोशन बराल, रामदीका १४ वर्षीय दिप्सन कार्की, ६ वर्षीय योना गुरुङ, १५ वर्षीय प्रकृति कार्की, ९ वर्षीय प्रवेश कार्की, १२ वर्षीय विसिका पौडेल, एकहाते बस्ने १२ वर्षकी सिम्रन बि.क., रामदीका ११ वर्षीय विवश खत्रीको उपचार भएको छ । उहाँहरूको अवस्था मध्यम छ । यस्तै, वर्ष १३ की डिना गुरुङ, बस्ने वर्ष ६ को पि्रन्स राना, वर्ष ७ की चिजा बि.क वर्ष ११ को विश्वास पौडेल अवस्था सामान्य छ ।

पशि्चमाञ्चल क्षेत्रीय अस्पतालमा ८ वर्षकी अनन्या पौडेल, ३ वर्षकी सिमन मगर, ३ वर्षका न्युजन मगर, ७ वर्षका रिजन मगर, १२ वर्षका रामकृष्ण नेपाली, २ वर्षका अंकित खत्री, १४ वर्षकी सितादेवी बिक, ७ वर्षका असि्मत बि.क., ३० वर्षकी सुमित्रा सुनार (अविभावक), २ वर्षका निर्दोष सुनार, ३० वर्षकी सपना आले (शिक्षक), ११ वर्षका निश्चल सुनार हुनुहुन्छ । उहाँहरूको अवस्था मध्यम छ ।

मणिपाल शिक्षण अस्पतालमा बिरौटा बस्ने वर्ष ५५ को टेकबहादुर भुजेल (बस चालक), रामदी बस्ने वर्ष ८ को निशान सुनार र वर्ष ५ को सागर थापाको उपचार भइरहेको छ ।