विभिन्न देशमा राजदूत सिफारिस

224
Shares

काठमाडौं ।

चीनको राजदूतमा कृष्णप्रसाद ओली सिफारिस हुनुभएको छ । सरकारले चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाई कृष्णप्रसाद ओलीलाई सिफारिस गरको हो ।

सोमबार बसेको मनि्त्रपरिषद् बैठकले श्रेष्ठलाई फिर्ता बोलाएर उहाँको ठाउँमा कृष्णप्रसाद ओलीलाई सिफारिस गरेको एक मन्त्रीले जानकारी दिनुभयो । माओवादी केन्द्रनिकटका श्रेष्ठ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा राजदूत नियुक्त भएका थिए ।

मनि्त्रपरिषद् बैठकले अमेरिकामा लोकदर्शन रेग्मी, बेलायतमा चन्द्र घिमिरे, दकि्षण कोरियामा डा. शिवमाया तुम्बाहाङ्फे, मलेसियामा डा. नेत्र तिमलि्सना सिफारिस भएका छन् । त्यस्तै, भारतका लागि नेपाली राजदूतमा भने शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय भएको एक मन्त्रीले जानकारी दिनुभयो ।