सांसद नै पर्छन् ठगीमा

खातुनलाई ठग्ने गिरोह पक्राउ

224
Shares

काठमाडौं ।

सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने घटना मुलुकमा बढी रहेको छ । खास गरी भाइबर, इमो, ह्वाट्सएप, फेसबुकमार्फत् ठगी गर्ने गिरोहले सर्वसाधारण जनतालाई ठगी गरेको समाचार बेलाबेलामा सार्वजनिक हुने गरेको छ ।

प्रहरीले त्यसरी ठगी गर्ने गिरोहलाई बेलाबेलामा पक्राउ गरी कारबाही गरेको घटना पनि सार्वजनिक हुने गरेको छ । पछिल्लोपटक यस्तै गिरोहको चंगुलमा संघीय सांसद हसिना खातुन पर्नुभएको छ । ह्वाट्सएपमा फोन गरी विदेशबाट सामान आएको र भन्सारमा अड्किएकाले उक्त सामान छुटाउन पैसा चाहिने भन्दै सांसद खातुनसँग १ लाख रुपियाँ ठगी गरेपछि उहाँले प्रहरीमा उजुरी गर्नुभएको छ ।

सांसद नै ठगिएपछि सर्वसाधारण नागरिकलाई गिरोहले सजिलै फसाउने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले नेपाल समाचारपत्रलाई बताए । ती अधिकृतका अनुसार सांसद खातुनलाई विदेशबाट पार्सल आएको र पार्सल छुटाउन पैसा लाग्ने भन्दै ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका व्यकि्त गरिब परिवारका भएकाले सांसदसँग ठगी गरेको पैसा उठाउन सक्ने अवस्था पनि नरहेको ती अधिकृते जानकारी दिए । जनता समाजवादी पार्टीकी समानुपातिक सांसद रहनुभएकी खातुनलाई गठी गर्ने गिरोह पक्राउ गरेको प्रहरीले उनीहरूविरुद्ध ठगी मुद्दा चलाउने तयारी गरेको छ ।