एकैपटक २२ सचिवको सरुवा

अर्थमा डा. घिमिरे, अखि्तयारमा उपाध्याय र सञ्चारमा अर्याल


काठमाडौं ।

सरकारले एकैपटक २२ जना सचिवको सरुवा गरेको छ । सोमबार बसेको मनि्त्रपरिषद् बैठकले अर्थ, रक्षा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायतका सचिवको सरुवा गरेको हो । जसअनुसार अर्थ मन्त्रालयमा राजस्व सचिव रामप्रसाद घिमिरेलाई लगिएको छ । नयाँ सरकार बनेलगत्तै ठूलो संख्यामा सचिवको सरुवा भएको हो ।

यसै गरी वाणिज्य मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलाई अर्थ मन्त्रालयको राजस्व सचिवमा सरुवा गरिएको छ । अखि्तयार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई लगिएको छ । श्रम मन्त्रालयमा भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्द निरौलालाई सरुवा गरिएको छ ।

यसै गरी अखि्तयार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगाललाई रक्षा मन्त्रालयमा लगिएको छ भने रक्षाका किरणराज शर्मालाई वित्त आयोगमा सरुवा गरिएको छ । राष्ट्रपति कार्यालयका डिल्लीराम शर्मालाई लोकसेवा आयोगमा लगिएको छ । यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा उपराष्ट्रपति कार्यालयकी राधिका अर्याललाई लगिएको छ । उपराष्ट्रपति कार्यालयमा अर्थ मन्त्रालयका सचिव मधु मरासिनीलाई सरुवा गरिएको छ ।

यसै गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सार्वजनिक खरिद अनुगमन कार्यालयका भरतमणि सुवेदीलाई सरुवा गरिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयमा सञ्चार मन्त्रालयका सचिव रामकृष्ण सुवेदीलाई लगिएको छ । वाणिज्य मन्त्रालयका सचिव नारायणप्रसाद दुवाडीलाई राष्ट्रपति कार्यालयमा लगिएको छ भने वित्त आयोगका सचिव मधुसूदन बुर्लाकोटीलाई वाणिज्य मन्त्रालयको सचिवमा सरुवा गरिएको छ ।
को कहाँ ?
अर्थ मन्त्रालय: डा. रामप्रसाद घिमिरे
अर्थ मन्त्रालय राजस्व सचिव: दिनेशकुमार घिमिरे
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय:राधिका अर्याल
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय (वाणिज्यतर्फ):मधुसूदन बुर्लाकोटी
अख्तियार दुरुपयोग अनुसन्धान आयोग:घनश्याम उपाध्याय
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय:मुकुन्द निरौला
रक्षा मन्त्रालय:रामेश्वर दंगाल
लोकसेवा आयोग:डिल्लीराम शर्मा
वित्त आयोग:किरणराज शर्मा
सार्वजनिक खरिद अनुगमन कार्यालय:रामकृष्ण सुवेदी
उपराष्ट्रपति कार्यालय:मधुकुमार मरासिनी
राष्ट्रपति कार्यालय: नारायणप्रसाद दुवाडी
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय: केशव शर्मा बिडारी
राषि्ट्रय सतर्कता केन्द्र:सर्जुकुमार वैद्य
नेपाल ट्रस्ट: रामआधार शाह
खानेपानी मन्त्रालय: प्रमिलादेवी बज्राचार्य
ऊर्जा आयोग: सुरेश आचार्य
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय: अर्जुनप्रसाद पोखरेल
राषि्ट्रय तथ्यांक कार्यालय: गोकर्णमणि दुवाडी
ऊर्जा मन्त्रालय: गोपाल सिग्देल