विदेशमा लुकेका १८ लाई पक्राउ गर्न निर्देशन

संसदीय विशेष छानबिन समितिको सक्रियता

714
Shares

काठमाडौं ।

पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेसहित सहकारी ठगीमा संलग्न दर्जनौं व्यकि्तका बारेमा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले सकि्रयता बढाएको छ । गत जेठ १५ गते एमाले सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा गठित समितिले छानबिन सम्बन्धमा क्रियाशीलता बढाएको हो ।

सोमबारमात्रै उक्त समितिले स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका जीबी राईसहित २९ वटा संस्थाका बचतकर्ताको अर्बाैँ रकम अपचलन गरी विदेशमा लुकेर बसेका १८ जनालाई झिकाउन सरकारलाई निर्देशन दिएको छ । देश–विदेशमा फरार रहेका सहकारीको रकम अपचलन र हिनामिनाका आरोपितलाई चाँडो पक्राउ गर्न समितिले गृहमन्त्रीको ध्यानाकर्षण गराएको समितिका सदस्य ईश्वरी न्यौपानेले जानकारी दिनुभयो ।

समितिले गृहमन्त्री रमेश लेखकसहितका प्रहरी अधिकारीहरूसँग छलफल गरेको थियो । समितिको कार्यविधिको अनुसूची १ र २ मा भएका २९ वटा संस्थाका १८ जना व्यकि्तले बचतकर्ताको बचत अपचलन तथा दुरूपयोग गरेर विदेशमा लुकेर बसेका छन् ।

रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेका व्यावसायिक साझेदार सानो पाइला, सहारा, सूर्य दर्शन, स्वर्णलक्ष्मी, हाम्रो नयाँ कृषि, सुपि्रम र समानता सहकारीको बचत दुरूपयोग गर्ने गितेन्द्रबहादुर (जीबी राई) सहित २९ वटा संस्थाका बचतकर्ताको अर्बाैँ रकम अपचलन गरी विदेशमा लुकेर बसेका १८ जनालाई झिकाउन सरकारलाई समितिको निर्देशन


यस्तै, सुमेरु सहकारी कालिमाटी र पुल्चोकका भरत महर्जन तथा उनकी श्रीमती राजमाया महर्जन, छोरा सचिन महर्जन र छोरी सरला महर्जनको खोजी गर्न समितिले निर्देशन दिएको छ । १ करोड ५४ लाख बचत फिर्ता नगरेका सूर्यदर्शन सहकारी पोखराको अध्यक्ष बनिसकेका ज्ञानबहादुर हाल अमेरिकामा रहेका छन् । सूर्यदर्शन सहकारीका पछिल्ला अध्यक्ष थानबहादुर बुढामगर, भूपेन्द्र राई, शिवशिखर बहुउद्देश्यीय सहकारीका सचिव तेजबहादुर बम्जन तामाङ, इमेज सहकारीका देवकुमार नेपाली र उनकी श्रीमती छेदा नेपाली, सानो पाइला सहकारीको तसि्वरन खातुन र असरफ अली, सहारा सहकारी चितवन तथा सुपि्रम सहकारी बुटवलसँग सम्बनि्धत सुवास केसी फरार छन् ।

इमेज सहकारीका प्रबन्धक दीपक पौडेल, शिवशिखर सहकारीका सीईओ लीलानाथ गौतम, कानि्तपुर सहकारीका प्रेमध्वज लामा, मेगा डि्रम सहकारीका महाशंकर रेग्मी पनि विदेश फरार रहेका छन् । सहकारीको नाममा बचतकर्ता ठगीको आरोप लागेका उनीहरूमध्ये कोही अमेरिका, केही बेलायत, केही मलेसिया, केही भारत, केही युरोप र केहीको अवस्था अज्ञात रहेको समितिका सभापति थापाले बताउनुभयो । उनीहरूलाई सम्पर्कमा ल्याएपछि मात्रै समितिले गरेको छानबिन निष्कर्षमा पुग्ने थापाको भनाइ छ । सहकारी क्षेत्रको वचत दुरूपयोग,अपचलन र ठगीमा संलग्न भई फरार रहेका र सोधपुछ गरिने सूचीका व्यकि्तहरूलाई समेत संसदीय विशेष छानबिन समितिको सम्पर्कमा ल्याउने प्रबन्ध मिलाउन आग्रह गरिएको थापाले जानकारी दिनुभयो । यसै मुद्दामा जेलमा भएकाहरूको बयानका लागि सहजीकरण गरिदिनसमेत सरकारलाई आग्रह गरेको उहाँको भनाइ छ ।

बैठकमा गृहमन्त्री रमेश लेखकले समितिले विधिवत् रूपमा गरेको अपेक्षा र निर्देशनलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । …समितिलाई कार्यसम्पादनमा सरकारले सम्पूर्ण रूपमा सघाउँछ, उहाँले भन्नुभयो–…बचतकर्ताहरूको बचत दुरूपयोग रोक्ने, फिर्ता पाउने अवस्था सिर्जना गर्ने र पीडितहरूले न्याय पाउने अवस्थामा केनि्द्रत भई दिने सुझावलाई सरकारले कार्यान्वयन गर्न कुनै कसर बाँकी राख्दैन । गृहमन्त्री लेखकले सहकारी बचत रकम दुरूपयोग संसदीय छानबिन विशेष समिति सरकारका लागि मार्ग निर्देशक बन्ने बताउनुभएको छ ।

सो बैठकमा गृहसचिव एकनारायण अर्याल र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्त कुँवरको समेत सहभागिता थियो । रास्वपाका सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका व्यावसायिक साझेदारसमेत रहेका सानो पाइला, सहारा, सूर्य दर्शन, स्वर्णलक्ष्मी, हाम्रो नयाँ कृषि, सुपि्रम र समानता सहकारीको बचत दुरूपयोग गर्ने गितेन्द्र बहादुर (जीबी राई) लाई पक्राउ गरेपछि धेरै विषयहरू बाहिरिने समितिले निष्कर्ष निकालेको छ ।

१५ जेठमा गठित समितिमा एमालेकातर्फबाट सूर्य थापा, सरिता भुसाल, कांग्रेसका बद्री पाण्डे र ईश्वरी न्यौपाने, माओवादी केन्द्रका लेखनाथ दाहाल, राषि्ट्रय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राषि्ट्रय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् । समितिलाई लामिछाने संलग्न गोरखा मिडिया नेटवर्क प्रालिसहित २९ वटा सहकारीमाथि छानबिन गर्ने गरी विभिन्न चारबुँदे कार्यादेशसहित तीन महिनाको समय तोकिएको छ ।

समितिको फरार सूचीमा रहेकाहरू
–जीबी राई –सूर्य दर्शन सहकारी, पोखरा
–भरत महर्जन – सुमेरु सहकारी, ललितपुर
–राजमाया महर्जन – सुमेरु सहकारी, काठमाडौं
–सचिन महर्जन – सुमेरु सहकारी, काठमाडौं
–सरला महर्जन – सुमेरु सहकारी, ललितपुर
–ज्ञानबहादुर बम्जन–सूर्यदर्शन सहकारी, पोखरा
–भूपेन्द्र राई–सूर्यदर्शन सहकारी, पोखरा
–तेजबहादुर बम्जन–शिव शिखर सहकारी
–देवकुमार नेपाली– इमेज बचत, पोखरा
–छेदा नेपाली – इमेज बचत सहकारी, बागलुङ
–तसि्बरन खातुन– सानोपाइला सहकारी, वीरगञ्ज
–असरफ अलि – सानो पाइला सहकारी, वीरगञ्ज
–सुवास केसी– सहारा सहकारी, चितवन
–दीपक पौडेल– इमेज सहकारी, बागलुङ
–लीलानाथ गौतम–शिव शिखर सहकारी, भक्तपुर
–महाशंकर रेग्मी–मेघा डि्रम सहकारी, काठमाडौं
–थानबहादुर बुढामगर–सूर्यदर्शन सहकारी, पोखरा
–प्रेमध्वज लामा– कानि्तपुर कोअपरेटिभ, काठमाडौं

समितिमा रविलाई बोलाउने तयारी

सहकारीको बचत अपचलन, हिनामिना र ठगीमा तत्कालीन गृहमन्त्री रवि लामिछानेसमेतको संलग्नता देखिएको तथ्य संकलन गरिसकेकाले उहाँलाई अनुसन्धानका लागि संसदीय छानबिन समितिमा बोलाउने तयारी छ । लामिछानेलाई केही दिनभित्रै सोधपुछका लागि बोलाउने तयारीरहेको समितिका एक सदस्यले बताए ।

अहिलेसम्म भएका छानबिनबाट लामिछानेसमेत सहकारीको बचत अपचलनमा संलग्न भएको तथ्यहरू संकलन भइसके पनि गोरखा मिडिया नेटकवर्कसँग रकम आदानप्रदानसम्बन्धी माग गरिएका विभिन्न कागजाताहरू प्राप्त नभएकाले उहाँलाई बोलाउन केही ढिलाइ भएको बताइएको छ । …ती कागजजात आउनसाथ लामिछानेलाई सोधपुछका लागि बोलाउने तयारी छ । गोरखा मिडियाका नेटवर्कका तत्कालीन र वर्तमान सञ्चालक समितिका मान्छेहरूलाई बोलाउने कार्यविधिमै व्यवस्था छÚ –ती सदस्यले भने । लामिछानेलाई गृहमन्त्री र माननीयको हैसियतमा नभई गोरखा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा बोलाउने तयारी भएको हो ।

सूर्यदर्शन, सुपि्रम, स्वर्णलक्ष्मी र साहरा सहकारीको बचत कम्तीमा ९५ करोड ८१ लाख रुपियाँ गोरखा मिडिया नेटवर्कमा ल्याएर अपलचन गरिएको तथ्य यसअघि नै बाहिरिएको थियो । गृहमन्त्री लामिछाने कम्पनीमा प्रबन्ध निर्देशक भएकै बेलामा ८० करोड ३१ लाख रुपियाँ अपचलन भएको तथ्य सार्वजनिक भइसकेको छ । त्यसमध्ये सुपि्रमबाट २ करोड रुपियाँ र सूर्यदर्शनबाट १ करोड रुपियाँ लामिछानेको नाममा जम्मा भएको कागजात सार्वजनिक भएको छ ।