निर्वाचन आयुक्तमा सिफारिस प्रधान संसदीय समितिद्वारा अस्वीकृत


काठमाडौं ।

संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अस्वीकृत गरेको छ।

सोमबार बसेको बैठकले प्रधानको नाम अस्वीकार गरेको हो।

सोमबार सुनुवाइ समितिको बैठक बस्नुअघि नै प्रधानले निर्वाचन आयुक्तबाट नाम फिर्ता लिएको भन्दै समितिमा निवेदन दिएका थिए । समितिले सोही निवेदनलाई आधार बनाएर प्रस्तावित व्यक्ति स्वयंबाट नै निर्वाचन आयुक्तको पदमा नियुक्तिको लागि अफ्नो उम्मेदवारी कायम राख्न नचाहेको भन्दै उनको नाम अस्वीकृत गर्ने निर्णय गरेको हो ।