प्रस्तावित निर्वाचन आयुक्त कृष्णमानले आफैं फिर्ता लिए नाम

फाइल तस्बिर

काठमाडाैं ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको संवैधानिक परिषद्ले निर्वाचन आयोगको आयुक्तका लागि सिफारिस गरेका बलात्कार आरोपि कृष्णमान प्रधानले नाम फिर्ता लिएका छन् ।

संसदीय सुनुवाई समितिले आफ्नो नाम अस्वीकृत गर्ने भएपछि प्रधानले नाम फिर्ता लिएका हुन् । संसदीय सुनुवाईमा सहभागी भएका प्रधानले नाम फिर्ता लिएपछि उनी अस्वीकृत हुनबाट जोगिएका छन् ।

संवैधानिक परिषद्ले निर्वाचन आयुक्तमा सिफारिस गरेका प्रधानका विरुद्ध संसदीय सुनुवाइ समितिमा यौन हिंसा र दुर्वव्यवहारको उजुरी परेको थियो।
उजुरीकर्ताले समितिमा आएर प्रधानले आइएनजिओमा जागिर लगाइदिने प्रलोभनमा आफूसँग पटक-पटक शारीरिक सम्बन्ध राखेको र आफूले दिएको जाहेरी प्रहरीले नलिएको बताएकी थिइन्। भने अदालतमा मिलापत्र गरिएपनि आर्थिक लेनदेन भएको भाैचर समेत समितिमा बुझाइएको बताइन्छ ।