वक्तृत्व कलामा केशव प्रथम


काठमाडौं ।

नेपाल ओलम्पिक कमिटीअन्तर्गतको पिस थ्रु स्पोर्टस कमिसनको आयोजनामा आइतबार भएको ‘शान्ति र समृद्धिमा खेलकुदको भुमिका’ शीर्षकको वक्तृत्व कला प्रतिस्पर्धामा केशव काफ्ले प्रथम भएका छन् ।

त्यस्तै आयुष्मा गौत्तम दोस्रो र प्रेरणा बटाला तेस्रो भए ।
सुनिता तामाङ र स्वस्तिका दुलालले सान्त्वना पुरस्कार प्राप्त गरे । प्रतिस्पर्धामा १५ स्कुलका २१ विद्यार्थीको सहभागिता थियो । पेरिस ओलम्पिक २०२४ आयोजना भइरहेको अवसरमा यो वक्तृत्व कला प्रतिस्पर्धा आयोजना भएको हो ।
पिस थ्रु स्पोर्टस कमिसनको आयोजनामा यस्तो प्रतिस्पर्धाको आयोजना भएको यो पहिलो पटक हो ।

प्रथम हुनेले १२ हजार रुपैंया नगद पुरस्कार प्राप्त गरे । त्यस्तै, दोस्रोलाई आठ हजार र तेस्रोलाई पाँच हजार रुपैंया प्रदान गरिएको थियो । सान्त्वना स्थानमा रहने दुवैलाई दुई-दुई हजार रुपैंया दिइएको थियो । कमिटीको मुख्यालय सातदोबाटोमा आयोजित कार्यक्रमको समापन समारोहमा पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधानले पुस्तकार तथा प्रमाणपत्र प्रदान गरे ।