इन्स्टाग्राममार्फत ८४ लाख रुपैयाँ ठगी गर्ने एक पक्राउ


काठमाडौं ।
सामाजिक सञ्जाल, इन्स्टाग्राम, एप्सको दुरुपयोग गरी विभिन्न व्यक्तिहरूलाई क्यानडा पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका–९ घर भइ हाल ललितपुरको चाङथली बस्ने वर्ष २३ को पुरुषोत्तम भण्डारी रहेका छन्।

उनले विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खातामा पटक पटक गरि ८४ लाख १५ हजार ६२५ रुपैयाँ रकम पठाउन लगाई ठगी गरेको प्रहरीको आरोप छ।

भण्डारीलाई साउन ११ गते कोटेश्वरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उनीमाथि ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।