पेरिस ओलम्पिकमा भारतले जित्यो पहिलो पदक


काठमाडौँ ।

भारतले पेरिस ओलम्पिकमा पदकको खाता खोलेको छ । भारतकी मनु भाकरले पेरिस ओलम्पिकमा भारतका लागि महिला १० मिटर एयर पिस्टलमा तेस्रो हुदै काशी पदक जितेकी हुन् ।

उनले २२१.७ अंकका साथ तेस्रो स्थान हासिल गरेकी थिइन् । यस प्रतियोगितामा दक्षिण कोरियाका दुई खेलाडीले स्वर्ण र रजत पदक जितेका थिए । उनी सुटिङमा ओलम्पिक पदक जित्ने पहिलो भारतीय महिला खेलाडी बनेकी  छन् ।

योसँगै उनले सुटिङमा भारतको १२ वर्षको पदक खडेरी पनि समाप्त गरेकी छन् । २०१२ लण्डन ओलम्पिकमा गगन नारङ र विजय कुमारले सुटिङमा पदक जितेका थिए ।