सुशासनको नारालाई जनताको घर-घरसम्म पुर्‍याउपर्छ : नेता कोइराला

154
Shares

काठमाडाैं ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा गरिखाने अवस्थाको सिर्जना गर्न, लगानी गर्ने वातारण सिर्जना गर्न र रोजगारीको अवस्थाको सिर्जना गर्न सक्छु भन्ने अठोट आफुमा रहेको बताएका छन् ।

अस्थिर सरकारका कारण देशमा संकट आएकाले कांग्रेस र एमाले मिलेर संविधान संशोधन गरी मुलुकलाई स्थायी सरकार दिनैपर्छ भन्ने एजेन्डा शुरुदेखि आफूले उठाएको बताए । हरेक ६/६ महिनामा भैरहने सरकार गठन र विघटनले देशलाई धरासयी बनाएको उनको भनाई थियो ।

कोइरालाले भने-केवल सत्ता टिकाउँन सधै साना-साना २/४ सिट भएका दललाई बोकेर हिंडदा नेपालले प्रगति गर्न सकेन भन्ने कुरा मनमा आएर मैले नै केही समय देखि संसदमा रहेका पहिलो र दोस्रो दल एक ठाउँमा उभिनुपर्छ भन्ने विषयलाई उठाएको हुँ ।

कांग्रेस र एमालेको गठबन्धनको सरकारलाई कहिंकतै गल्ती गर्ने छुट नभएकाे भन्दै नेता कोइरालाले कांग्रेसले अब सुशासनको नारालाई जनताको घर-घर सम्म लैजाने बताए । कांग्रेसले कुनै पनि प्रकारको भ्रष्टाचारको खुलेर बिरोध गर्नुपर्छ -कोइरालाले भने ।

भारतको चण्डीगढमा आयोजित नेपाली जनसम्पर्क समिति भारत अन्तर्गत पश्चिमोत्तर क्षेत्रीय समिति चण्डीगढको १२औँ अधिवेशनलाई सम्बोधन गर्दै नेता डा कोइरालाले निरंकुशता बिरोधि हरेक प्रजातान्त्रिक आन्दोलनमा भारतमा रहेका प्रवासीहरुले नेपाललाई ठूलो गुन लगाएको बताए ।

भारतमा रहनुभएका कांग्रेस पार्टीका मात्रै होइन सम्पुर्ण नेपालीहरुले पुर्‍याउनु भएको योगदानको म मुक्तकण्ठले उच्च प्रशंसा गर्दछु कोइरालाले भनेका छन् ।