शूटिङमा सुष्मिता ४२ औं पोजिसनमा

294
Shares

काठमाडाैं ।

पेरिस ओलम्पिक २०२४ मा नेपालकी सुष्मिता नेपाल शूटिङको १० मिटर एअर राइफल इभेन्टमा ४२ औं पोजिसनमा रहिन् । ४४ जनाले सहभागि जनाएकोमा उनीपछि २ खेलाडी मात्रै पछाडि रहेका हुन् ।

उनले ६०७.८ स्कोर गरेकी थिइन् । उनी छनाेट चरणबाट बाहिरिन् । आज पौडीकी डुवाना लामाको प्रतिस्पर्धा रहेको छ । उनले २०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् ।

शनिबार टेबल टेनिस स्यान्टु श्रेष्ठ र ब्याडमिन्टनका प्रिन्स दाहालले आ आफ्नो खेल गुमाएका थिए । कुल ६ खेलका ७ नेपाली खेलाडीले पेरिस ओलम्पिकमा भाग लिइरहेका छन् । जुडोकी मनिता श्रेष्ठ प्रधान, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, पौडीका एलेक्स शाहले आ आफ्नो खेल खेल्न बाँकी छ ।