थाइराइडले गर्दा आँखामा हुने समस्या सम्बन्धी तथ्याङ्क सङ्कलन विषयक गोष्ठी 


काठमाडौं।   

थाइराइडले गर्दा आँखामा हुने समस्याको जटिलता निकै गम्भीर अवस्थामा रहेको र यसको समाधानका लागि नेपालका ५१ वटा अस्पताल तथा स्वास्थ्य संस्थाहरु एकजुट भएर अघि बढ्न तयार भैसकेको अवस्था छ । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँगको सहकार्यमा र तिलगंगा आँखा प्रतिष्ठान र द फ्रेड होलोज फाउन्डेसनको प्राविधिक तथा आर्थिक सहयोगमा नेपलिज सोसाइटी फर अकुलोप्लाष्टिक सर्जनले गरेको कार्यशालामा चिकित्सा शास्त्र अध्ययन संस्थानका अनुसन्धान विभागका विभागीय प्रमुख डा.प्रदीप ज्ञवालीले उक्त भनाई राखेका हुन् ।

उनी  यस अघि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सदस्य सचिवका रुपमा कार्यरत थिए  । उनले नेपालमा राष्ट्रिय नीतिगत परिवर्तनको विषयमा अनुसन्धान गर्न सकिन्छ भने । साथै उनले यो गोष्ठी अन्तर्राष्ट्रिय स्तरको सम्मेलन गर्नका लागि नमुना बन्न सक्छ । नेपालको तथ्यांंक व्यवस्थित नभएको विषय औँल्याउँदै उनले निःशुल्क र सर्वसुलभ रुपमा तथ्याङ्क लिन सक्ने हुनुपर्छ भने । 

उनले कतिपय व्यक्तिका कम्प्युटर, एनजिओ, आईएनजीओमा रहेका सिमित तथ्याङ्क वेव साईडमा राखिएको छ । तर यो आम नागरिकको पहुँचमा छैन र जानकारी पाउन सक्दैनन् । यसका लागि आवश्यक जनचेतनासहित निःशुल्क तथ्याङ्क सहजै लिन सक्ने बनाउनुपर्नेमा जोड दिए ।

थाइराइडले गर्दा आँखामा समस्या पार्छ भन्ने विषयमा राष्ट्रिय तथा  अन्तर्राष्ट्रिय सहभागीहरुले तथ्याङ्क प्रस्तुत गरे । कार्यक्रमका प्रमुख अतिथि हङकङ विश्व विद्यालयका प्रोफेसर डा. क्याल्भिन हङले आफ्नो कार्यक्षेत्रमा विश्व विद्यालयले गरेको अध्ययन अनुसन्धानमा धेरै जसो महिलामा थाईराईडले आँखामा गम्भीर प्रकृतिको समस्या देखिएको र वंशाणुगत समस्या भने नभएको तथ्याङ्क प्रस्तुत गरे । 

  थाइराइड आँखा रोगले २५–३५% डिस्थेरोईड  बिरामीहरूलाई असर गर्छ, लगभग ५% केसहरू गम्भीर र दृष्टिका लागि घातक हुन्छन् । थाईराईडले मुख्यतया महिलाहरूलाई असर गर्छ, उनीहरूको जीवनको गुणस्तरमा प्रभाव पार्छ । अनुसन्धान अनुसार एसियाली जनसंख्यामा र पश्चिमी जनसंख्यामा रोगको प्रभाव फरक हुन सक्छ । 

गोठीमा नेपालभरका ५१ भन्दा बढी अस्पताल र आँखा चिकित्सालयहरू सम्मिलित छन् । यसबाट देशभरका थाइराइड आँखा रोग बिरामीहरूको डाटाबेस तयार गरी रोगको बारेमा सही जानकारी प्रदान गर्न र बिरामीहरूको हेरचाहको गुणस्तर बढाउन मद्दत गर्ने अपेक्षा राखिएको तिलगंगा आंखा प्रतिष्ठानका संस्थापक प्रा.डा.सन्दुक रुईतले जानकारी गराए । उनले नेसोसको भिजनलाई प्रा.डा.सन्दुक रुइत, प्रा.मदनमणि उपाध्याय, नेसोसका संस्थापक अध्यक्ष प्रा.डा.रोहित सैजु, नेसोसका अध्यक्ष डा.सुलक्ष्मी कटुवाल, एनओएसका तर्फबाट डा. रमा थापा, धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. बिराज कर्माचार्य लगायतको सहभागिता रहेको थियो ।

  एक दिने कार्यक्रममा थाइराइड आँखा रोगका  अन्तर्राष्ट्रिय विशेषज्ञ, सल्लाहकार तथा चाइनिज युनिभर्सिटी अफ हङ्गकङ्गका प्रो. डा. केल्भिन चोङले विशेष वक्ताको भूमिका निर्वाह गरेका थिए । एसिया–प्रशान्त क्षेत्रमा यस विषयको अनुसन्धानकर्ता र विज्ञको रुपमा परिचित छन्  । राष्ट्रिय अनुसन्धान विज्ञ प्रा. डा.बिराज कर्माचार्यले रजिस्ट्रीको दृष्टिकोणमा जोड दिएकी थिइन्  ।  नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का डा.सदिक्षा भट्टराई र उमा काफ्लेले पनि आ–आफ्नो अनुभव साटेका थिए । 

उक्त कार्यक्रम नेपालमा थाइरोइड आँखाको रोग बुझ्न र व्यवस्थापन गर्नको लागि एक महत्त्वपूर्ण कार्य हुने अपेक्षा राखिएको सहभागीहरुले जनाएकाछन् । जुलाई महिना अन्तराष्ट्रिय ग्रेभ्स डिजिज सचेतना महिना हो । ग्रेभ्स डिजिज एक अटोइम्युन डिसअर्डर हो जसले ओभरएक्टिभ थाइराइड ग्रन्थी हाइपरथाइराइडिज्म निम्त्याउँछ । यसै सम्बन्धी जनचेतना फैलाउन यस महिनामा विभिन्न सचेतनात्मककार्यक्रमहरुको आयोजना गरिन्छ र नेपालमा पनि कार्यशाला गोष्ठी सहित यो कार्यक्रम गरिएको जानकारी गराइयो ।