साउन १३ गते आइतबार, यस्ताे छ तपाईँको राशिफल


मेष: दिन शभ छ । कोसेली, पुरस्कार प्राप्तिका साथै कार्य सफल, लाभको सम्भावना छ ।

वृष: नोक्सानी, चोटपटकको डर हुनुका साथै निरर्थक खर्च र विवादमा फसिएला ।

मिथुन: सानै प्रयासमा पैसा, विविध सेवा वा वस्तुको प्राप्ति, मीठो भोजनको सम्भावना छ ।

कर्कट: दिन शुभ फलदायक छ । सुख–सन्तोष मिल्ला । स्वस्थ एवं मन प्रफुल्लित हुनेछ ।

सिंह: राजनीतिक असफलता, राज्यबाट तनाव,, प्रतिष्ठामा ह्रास आउन सक्ने देखिन्छ ।

कन्या: दिन अशुभ छ । रोगव्याधि, नोक्सानी, बाधा आउन सक्ने हुँदा सजग रहनुस् ।

तुला: दिन शुभ फलदायक छ । धनलाभ, मान–सम्मान, परीक्षामा सफलता हुने देखिन्छ ।

वृश्चिक: सानै प्रयासमा द्रव्यलाभ, शत्रु विजय, खेलकुद–परीक्षामा सफलता हुनेछ ।

धनु:सजग रहनुस् । वायुजन्य रोगको भय, काममा असफलता, शोक हुन सक्ने देखिन्छ ।

मकर:दिन अशुभ भएकाले झाडापखाला, ग्यास्ट्रिक, निरर्थक घुमफिर नहोला भन्न सकिन्न ।

कुम्भ: शुभ दिन भएकाले आर्थिक लाभ, मान–सम्मान, पढाइ, व्यापारमा सफलता होला ।

मीन: धनहानि, व्यर्थको खर्च, मानसिक चञ्चलता, आँखामा समस्या हुने सम्भावना छ ।