हङकङमा रहेका लमजुङेद्वारा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग

140
Shares

लमजुङ ।
लमजुङ सेवा समिति हङकङले गत असार ११ गते राती गएको बाढी पहिरोबाट पीडित परिवारलाई आर्थिक सयोग गरेको छ ।
समितिले शुक्रबार एक कार्यक्रमका बिच क्व्होलासोथार गाउँपालिका ३ बगुम र दोर्दी गाउँपालिका ९ हिलेटक्सरका बाढी पीडितलाई ११ लाख बढी आर्थिक सहयोग गरेको हाे ।

लमजुङ घर भई रोजगारीको शिलशिलामा हङकङकमा रहेका एक सय २७ जना लमजुङगेले संकलन गरी पठाएको ११ लाख २३ हजार ५ सय ४० रुपैया पीडित परिवारलाई राहत स्वरुप प्रदान गरिएको हो । बाढी पहिरोमा परि क्व्होलासोथारका चार र दार्दीका एक जनाले ज्यान गुमाएका थिए ।

समितिले मृतकका परिवारलाई एक एक लाखका दरले ५ लाख वितरण गरेको छ । घर पूर्ण क्षति भएको क्व्होलासोथार ३ परिवारलाई १ लाखका दरले ३ लाख, पहिरोबाट घरमा आशिंक क्षति भएका दोर्दीका १ र पहिरोको जोखिम भई विस्थापित भएका क्वहोलासोथरका ५ गरी ६ परिवारलाई ४० हजारका दरले २ लाख ४० हजार वितरण गरिएको छ ।

सोही समयमा पहिरोमा परि घाइते दोर्दी र क्वहोलासोथरका एक एक जनालाई २३ हजारका दरले उपचार खर्च प्रदान गरिएको छ । यसैगरी क्होलासोथरकै डुलुमाया गुरुङलाई पहिरोको जोखिमले विस्थापित हुनुपरेकाले २० हजार प्रदान गरिएको छ । मृतक, घर पुर्ण क्षेती, आशिंकक्षती, विस्थापित परिवार र घाइते लाई वितरण गरी बाँकी रहेको १७ हजार पाँच सय रुपैया परिवार र घर दुवै गुमाएका बगुमका निरज गुरुङलाई प्रदान गरिएको छ । आमा, बहिनी र घर गुमाएका निरजलाई तिन लाख १७ हजार पाँच सय ४० रुपैया रकम प्रदान गरिएको हो ।

पीडित परिवारलाई दोर्दी गाउँपालिका अध्यक्ष युवाराज अधिकारी, क्वहोलासोथर गाउँपालिका अध्यक्ष सुर्यप्रसाद गुरुङको रोहवरमा लमजुङ सेवा समिति हङकङ, सम्पर्क समिति लमजुङका संरक्षक जमिन्द्रमान घले, सचिव मेघेन्द्र पोख्रेल, लमजुङ सेवा समिति हङकङका सहसचिव दिनेश गुरुङ, कार्यसमिति सदस्य पुष्पादेवी गुरुङ र पूर्व कार्यसमिति सदस्य तिलक बहादुर क्षेत्रीले संयुक्त रुपमा राहत रकम प्रदान गर्नुभएको हो ।

कार्यक्रममा लमजुङ सेवा समिति हङकङका पूर्व सल्लाहाकार एवं बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष रामवहादुर गुरुङ, क्होलासोथार ३ का वडाअध्यक्ष आसविर गुरुङ, दोर्दी ९ का वडा अध्यक्ष अशिष तामाङ, नेपाल पत्रकार महासंघ लमजुङ शाखा अध्यक्ष परमेश्वर अधिकारी, पिडित परिवार र जिल्लास्थित सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन लमजुङ सेवा समिति हङकङ सम्पर्क समिति लमजुङका अध्यक्ष मिना गुरुङले गर्नु भएको थियो ।