जाजरकोटमा घर भत्किँदा एकै परिवारका ८ जना घाइते


जाजरकोट ।

जाजरकोटको छेडागाड नगरपालिका–१२ काँडागाउँमा घर भत्किँदा एकै घरका आठ जना घाइते भएका छन्। घरमुली ३५ वर्षीय पदम अधिकारीसहित परिवारका आठ जना सदस्य घाइते भएपछि उपचारका लागि जाजरकोट अस्पतालमा पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेले बताए।

आज बिहान ढुङ्गामाटोले बनेको एकतले घर भत्किएपछि १० वर्षीय दिनेश, ३० वर्षीया सरिता, १४ वर्षीय नवीन, ६५ वर्षीया भिरकुली, १५ वर्षीया सुजता, १६ वर्षीया सङ्गीता र १४ वर्षीय नवराज अधिकारी घाइते भएका हुन्।

दुर्घटनामा पदम, सरिता र दिनेशसहित गम्भीर घाइते भएका ६ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने सङ्गीता र नवराज सामान्य घाइते भएका प्रहरी प्रमुख पाण्डेले जानकारी दिए।