कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन


काठमाडौं ।

काठमाडौंको कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ। नकर्मीको गए राति उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो ।

मेयर नकर्मी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए। उनी गत स्थानीय चुनावमा कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए । 

उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि केही समय नगरपालिकामा राखिने र आजै अन्त्येष्टि गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिए। मेयर नकर्मीको निधनको शोकमा आज नगरपालिकामा शोक बिदा दिइएको छ।