विमानमा सवार सौर्य एयरलाइन्सका कर्मचारी मात्रै (नामावलीसहित)


काठमाडौं ।

पोखरा विमानस्थलमा परीक्षण उडानका लागि त्रिभुवन विमानस्थलको रनवे छाड्ने बित्तिकै सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।

सौर्य एयरलाइन्सको ९ एन एएमई(सीआरजे २००) जहाज बिहान ११ बजे पोखरा विमानस्थलमा परीक्षण उडानका लागि उडान भरेको थियो। विमानस्थलबाट टेकअफ गर्नासाथ विमान दुर्घटनामा परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ।

परीक्षण उडानमा रहेकाले यो जहाजमा टिकट काटेका सर्वसाधारण यात्रु भने नरहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ। पोखरामा नियमित उडान नभएको सौर्यको यो जहाजले उसकै कर्मचारी र इन्जिनियरसहित १९ जनालाई बोकेको थियो ।

आफ्नै कम्पनीका इन्जिनियर र कर्मचारी लिएर ०२ रनवेबाट २–० तर्फ उड्ने क्रममा दुर्घटनामा परेको हो ।
विमानस्थल स्रोतका अनुसार जहाजमा चालक दलका दुई जना सदस्य, सौर्यका कर्मचारी र इन्जिनियर सवार थिए ।