बिहानैदेखि धुम्म काठमाडौं (तस्वीरहरू)


काठमाडौं ।

काठमाडौं उपत्यकामा बुधबार बिहानैदेखि घाम लागेको छैन। आकाश बादलले ढाकिएको हुँदा मौसम धुम्म छ। मौसम सफा हुँदा स्पष्ट देखिने काठमाडौं वरपरका हिमाल/पहाड/डाँडाहरु तुँवालोले ढाकिएका छन्।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ। अहिले बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।