स्वर्ण विजेता विप्लवद्वारा आर्थिक सहयोग


काठमाडौं ।

नेपालमा २०१९ मा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेका विप्लवलाल श्रेष्ठले आर्थिक सहयोग गरेका छन्। कराते खेलाडीले मेधश प्रदेशकी उदीयमान खेलाडी पोर्सिया चौधरीलाई एकवर्ष सम्म आर्थिक सहयोग उपलब्ध गराउने भएका हुन्।

विप्लवले यही साउन ८ गतेदेखि आगामी वर्ष २०८२ साउन ८ गतेसम्म मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन् । उनले ६ महिनाको ३० हजार रुपैयाँ मंगलबार पोर्सियालाई उपलब्ध गराए। विप्लबले आर्थिक अभावकै कारण खेलाडी पलायन हुन अवस्था सिर्जना नहोस भनेर यो निर्णय लिएको बताए।