नेपाल काभा यू २० भलिबलमा तेस्रो


काठमाडौं ।

नेपाली महिला युवा टोलीले माल्दिभ्समा आयोजित काभा यू २० महिला भलिबल च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गरेको छ।
नेपालले कास्य पदकको प्रतिस्पर्धाका मंगलबार आयोजक माल्दिभ्सलाई ३–० ले हराएको हो।

नेपाल २५–१५, २५–१०, २५–१४ ले विजयी भएको थियो। नेपाल लिग चरणको पहिलो खेलमा श्रीलंकासँग ३–१ र दोस्रो खेलमा किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो। किर्गिस्तानसँग सेमिफाइनल पनि नेपालले ३–० ले हारेको थियो।