बागमती प्रदेशको मुख्यमन्त्रीमा लामा नियुक्त


काठमाडौं ।

नेपाली कांग्रेस संसदीय दल नेता बहादुरसिंह लामा तामाङ बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

मंगलबार अपराह्न प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।

प्रदेश प्रमुख कार्यालयका सचिव गोविन्दप्रसाद पौडेलले प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीमा तामाङलाई नियुक्त गरिएको बताए।

नेकपा (एमाले) को समर्थनमा कांग्रेसका लामा मुख्यमन्त्री बनेका हुन्।