दस वर्षमा संविधानमा पुनरावलोकन, परिमार्जन गर्नुपर्छ : नेता कोईराला

210
Shares

काठमाडौ ।
नेपाली कांग्रेसका नेता डा शेखर कोईरालाले दस वर्षमा संविधानमा पुनरावलोकन, परिमार्जन गर्नु पर्ने बताए । नेपाल प्रेस युनियनले आयोजना गरेको संविधान संशोधन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विषयक विचार गोष्ठीमा उनले दस वर्षमा संविधान संशोधन गर्ने कुरा विधानमै उल्लेख भएकाले काग्रेस एमाले सरकारले यश विषयलाई प्राथमिकतामा राख्नु पर्ने बताएका हुन ।

यो संगै भ्रष्टाचार नियन्त्रण र सुशासनको कुरालाई ध्यान दिनु पर्ने उनको भनाई छ । ठूला दल कांग्रेस(एमाले एक ठाउमा उभिदा कतै निरङकुशता उब्जन्छ कि भन्न डर भएकाले मिडियाले यश विषयमा निरन्तर खवरदारी गर्नु पर्ने बताए । सत्ता पक्षमा हुदैमा गलतलाई सत्य भन्न नसकिने भन्दै उनले हामी संसदबाट सहि लाई सहि र गलत लाई गलत हो भन्ने आवाज उठाउने विचार व्यक्त गरे ।

संविधान संशोधन गर्दा समावेशीताको कुरालाई अझ बलियो बनाउने गरि जानू पर्ने र निर्वाचन प्रणालीलाई सुधार गर्नु पर्ने उनको भनाई छ । संविधान संसशोधन गर्ने नाउमा पेन्डोरा बक्स त खुल्ने होईन भन्ने डर भएकाले यसमा सचेत हरनुपर्ने डा कोईरालाले बताए ।

अहिले मन्त्रीहरु खादा मालामा व्यस्त भएको भन्दै उनले यश सरकारलाई गल्ती गर्ने र कुनै कमी कमजोरी गर्ने छुट नभएको बताए । नागरिकमा निराशा चिर्न र राष्ट्रलाई प्राथमिकतामा राखेर आशा जगाउनेगरी काममा लाग्ने यो सरकारको प्राथमिमता रहनु पर्ने उनको भनाई छ ।