गृहमन्त्री लेखकद्वारा विपदका घटना बारे संसदमा जानकारी


काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले  विपदका घटनाको प्रतिनिधि सभामा जानकारी दिएका छन् ।

संसदमा बोल्दै गृहमन्त्री लेखकले जेठ २८ देखि हालसम्म १ हजार ५९२ घटना विपदका घटना भएको र सो क्रममा १३० जनाको मृत्यु  भएको  १४४ जना घाइते भएको जानकारी दिएका छन् । 

त्यस्तै ४८ जना वेपत्ता भएको र ५९४ पशुचौपाया नोक्सानी  भएको उनले बताए । यसबर्षको बाढी पहिरोबाट २३१ घर र ८४ गोठमा क्षति पुगेको भन्दै ४३ वटा पुल र २ सरकारी भवन भत्किएको तथा ४ हजार ४ परिवार विस्थापित हुने अवस्था आएको र जसमध्ये १ हजार ५९ परिवालाई सुरक्षित स्थानमा सारिएको उनले संसदमा बताए ।

प्राकृतिक विपदबाट देशका ७७ वटै जिल्ला प्रभावित भएको र  विपदपछिको खोज तथा उद्धारका लागि नेपाल प्रहरीबाट ७ हजार १६९ र सशस्त्र प्रहरीका ३ हजार ९५६ जना खटिएको अवस्था छ ।  ती सुरक्षाकर्मीले ९८९ जनालाई उद्धार गरेको तथा उद्धारमा कतिपय स्थानमा नेपाली सेना समेत खटिएको अवस्था छ ।  प्रभावितहरुलाई आवस्यक राहत सामग्रीको प्रबन्ध गरेको तथा  मृत्यु भएकामध्ये ४७ परिवारलाई राहत दिइसकेको र बाँकी प्रक्रियामा रहेको छ ।

त्यस्तै उनले ४८ जना वेपत्ता भएकाहरुको पत्ता नलागेका परिवारलाई मृतक सरह नै राहत उपलव्ध गराउने निर्णय भएको छ । घाइते १४४ जना मध्ये ५ उपचाररत छन् भने बाँकी सबै उपचारपछि अस्पतालबाट डिस्चार्ज भएर घर सइसकेको जानकारी दिए ।

उनले भने- ‘घाइतेको उपचारमा तीनै तहका सरकार खटेको अवस्था छ । ९ जना घाइतेको हेलिकप्टरबाट उद्धार गरिएको छ । असार २८ मा चितवनको सिमलतालमा बस दुर्घटनामा परी बेपत्ता भएका ६२ जना मध्ये हालसम्म २४ जनाको शव फेला परेको छ । १९ जनाको पहिचान भइ आफन्तले शव बुझिलगेका छन् भने पाँच जनाको पहिचान हुनु सकेको छैन । बाँकी ४३ जनाको खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले खोजी कार्य गरिरहेको छ । खोजी कार्यका लागि ३६८ सुरक्षाकर्मी अहोरात्र खटिएको अवस्था छ ।’