बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका बहादुरसिं लामाको  दाबी पेस


काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता बहादुरसिं लामाले दाबी पेस गरेका छन्।

लामाले नेकपा एमाले र कांग्रेसका ६४ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । ११० सदस्यीय प्रदेश सभामा कांग्रेसका ३७ र एमालेका २७ सांसद छन् ।

कांग्रेस र एमालेबीचको सहमति अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ६ वटा मन्त्रालय र एमालेले बाँकी ६ मन्त्रालय लिने सहमति छ ।

बागमती प्रदेशमा पहिलोपटक नेपाली कांग्रेसले र देशमा पहिलोपटक तामाङ समुदायले मुख्यमन्त्री पाउने भएका हुन् ।