प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची


काठमाडौं ।

आज प्रतिनिधिसभाको बैठक बस्दै छ। सङ्घीय संसद् सचिवालयका अनुसार आज दिउँसो १ बजे बैठक बस्दै छ।

आज प्रश्नोत्तर अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या, बन तथा वातावरण, कृषि तथा पशुपक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ।

आजको कार्यसूची:

संयुक्त समितिमा हेरफेर

सभामुखले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाई समितिमा माननीय सदस्यहरुको नाम हेरफेर गर्ने ।

विषयगत समितिमा हेरफेर

सभामुखले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्ने ।

प्रश्नोत्तर

स्वास्थ्य तथा जनसंख्या, बन तथा बातावरण, कृषि तथा पशुपंक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने ।

व्यवस्थापन कार्य

माननीय उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय भामा उत्पत्ति भएको “सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथी विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने ।

जरुरी सार्वजनिक महत्वको प्रस्ताव

सांसद प्रतिमा गौतमले ” डेंगीको प्रकोप तीव्र रुपमा देशभरि फैलिई जनस्वास्थ्य संकट उत्पन्न हुन गई अस्पतालमा गम्भीर अवस्थाका बिरामीहरु भर्ना हुने संख्यामा वृद्धि, समाजमा डर र त्रासको माहौल उत्पन्न भएकोले डेंगीको प्रभावकारी नियन्त्रण एवं भविष्यमा सिर्जना हुने गम्भीर र दीर्घकालीन असर न्यूनीकरण तथा रोकथामको लागि सरकारलाई निर्देशन दिन अपरिहार्य भएकोले ” भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने । उक्त प्रस्तावका समर्थक कुसुम देवी थापा, माननीय सपना राजभण्डारी, माननीय सिता मिजार र माननीय लिलादेवी बोखिम लिम्बुले समर्थन गर्ने ।