युक्रेनमा उत्पादित सुर्तीजन्य पदार्थ नेपालमा खुलेआम विक्री वितरण

 सकार अनविज्ञ


काठमाडौँ। 

युक्रेनमा उत्पादित टेरेया नामकोे सुर्तीजन्य पदार्थ नेपालमा खुलेआम विक्री भइरहेको छ । यो सुर्तीजन्य पदार्थ के हो र कसरी नेपाल भित्रियो ? नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन २०६८ पारित भएदेखि हालसम्म सुर्तीजन्य पदार्थको बाहिरी खोलमा ९० प्रतिशत सचेतनामूलक चित्र छापिनुपर्ने र कुन देश, कुन कम्पनीको उत्पादन के हो भन्ने बारेमा स्पष्ट उल्लेख भएको हुनुपर्छ । तर, युक्रेनमा उत्पादित टेरेया नामक सुर्तीजन्य पदार्थमा यो सामान जोखिममुक्त छैन र यसमा लत लाग्ने पदार्थ निकोटिन छ भन्ने मात्र उल्लेख गरिएको छ । 

बट्टा हेर्दा साधारण चुईगम जस्तो देखिन्छ । यसमा लेखिएको छ २० टोबाको स्मार्टकोर स्टिक्स । यसको मूल्य ३२० रुपैयाँ उल्लेख गरिएको छ । यो टीईआरईए आईक्यूओएस आईएलयूएमए उपकरणहरूको साथ प्रयोगको लागि डिजाइन गरिएको तम्बाकू स्टिकको एक ब्रान्ड हो । यसमा सामान्यतया मेन्थॉल, मूल तम्बाकू मिश्रण, र कहिलेकाहीँ उपलब्धता र क्षेत्रीय प्रसादको आधारमा विशेष स्वादहरू जस्ता विकल्पहरू समावेश हुने उल्लेख गरिएको छ ।

यी सुर्तीजन्य पदार्थका स्टिकहरू तातो सुर्तीजन्य पदार्थ (एचटीपी) सँग मिल्दोजुल्दो हुन्छन् र फिलिप मोरिस इन्टरनेसनल (पीएमआई) कम्पनीद्वारा उत्पादित हुन् । नेपालको कानूनलाई खुलेआम रुपमा धज्जी उडाउँदै सुर्तीजन्य पदार्थ नेपाली बजारमा बिक्री वितरण भैरहदा सरकार अनविज्ञछ । नेपाली नागरिकको स्वास्थ्य माथी बाहिरी मुलुक र नेपालकै सुर्ती उत्पादक कम्पनीहरुको मिलेमतोमा यो काम भएको स्पष्ट हुँदा हुँदै पनि नेपालको भन्सार, गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल अनविज्ञता व्यक्त गर्नुले नेपालको कानुनको खुलेआम विदेशी र सुर्तीजन्य पदार्थ ओसार पसार गर्ने ठेकेदार कम्पनीहरुको पँहुच स्पष्ट पार्छ।

यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले हाल सम्म स्वास्थ्य मन्त्रालयलाई यस विषयमा जानकारी नभएको र अब यस विषयमा गृह मन्त्रालय, जिल्ला प्रशासन, भन्सार विभाग जवादेही हुनुपर्ने र स्वास्थ्य मन्त्रालयले यस विषयमा छानबिनका लागि माथिका निकायसँग समन्वय गरी अघि बढ्ने बताए । 

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ मा लालमोहर लागेको हो । यतिबेला सुर्तीको ऐन, नियम, कानुन मात्र आएर हुँदैन कार्यान्वयनको पक्ष निकै ठूलो चुनौतिको बिषय बनेको छ । सुर्तीजन्य पदार्थको सेवनका कारण ९० प्रतिशत फोक्सोको क्यान्सर हुने सावित भैसकेको र यसै कारणले नेपालमा नसर्ने रोग मुटुरोग, जीर्ण दम खोकी जस्ता २५ भन्दा बढी रोगका कारण प्रमाणित भैसकेकोछ । 

धुम्रपान तथा सुर्ती सेवन मानव स्वास्थ्यको लागि अत्यन्त हानिकारक भएको र धूम्रपान तथा सुर्ती सेवनले मानव जीवनको आर्थिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा समेत नकारात्मक असर पार्ने भएकोले सो कार्यलाई नियन्त्रण गरी  सर्व साधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिबृद्धि गर्न सुर्तिजन्य पदार्थको आयात, उत्पादन, बिक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण गर्न अति आवश्यक भै सकेकोछ । यस्तो अवस्थामा सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि सरकारले राजश्व बढाउँनुपर्छ भनि विज्ञहरुले जोडदिँदा समेत सुर्ती जन्यपदार्थ उत्पादक कम्पनीको पक्षमा लागेका अर्थ मन्त्रालयले नेपालमा विदेशी सुर्तीजन्य पदार्थ खुलेआम भित्रँदा सरोकारवाला निकायले व्यवास्ता गरेको स्वास्थ्य विज्ञहरूको ठम्याई छ ।