काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा र सञ्चारलाई प्रविधिसँग जोडनुपर्ने बताएकी छन् ।
सोमबार ललितपुरमा भएको ‘इम्पावरिङ वुमन जर्नलिस्ट थ्रु क्यापासिटी बिल्डिङ इन पोलिटिकल रेपोर्टिङ’ कार्यक्रममा मन्त्री भट्टराईले यस्ताे बताएकी हुन् । मन्त्री भट्टराईले ‘शिक्षा र सञ्चारलाई प्रविधिसँग जोडनुपर्छ, विश्व एआइमा पुगिसकेको अवस्थामा हामीले प्रविधिको अधिकतम प्रयोग गर्नुपर्छ, सञ्चारमाध्यममा राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने पत्रकार महिलालाई प्रोत्साहन गर्न जरुरी छ, यो क्षेत्रमा महिला सहभागिता ३३ प्रतिशत हुनुपर्ने बताइन् ।
यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले महिला पत्रकारहरूलाई प्रविधिमैत्री बनाउनुपर्ने बताए । यसाे गरेमा महिला पत्रकार अझै क्षमतावान् हुने बताए ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार महिला पेसागत रूपमा टिकाउन ध्यान दिनुपर्ने र पत्रकार महिलालाई राजनीतिक विषयमा समाचार लेख्दा सन्तुलित समाचार लेखेको भनेर स्रोतले विश्वास गरेको अध्ययनले देखाएको बताए ।

त्यस्तै, नेपालका लागि क्यानाडाका राजदूत क्यामेरोन म्याकेले नेपालमा सामाजिक न्यायमा लागि पत्रकार महिलाको उपस्थिति जरुरी रहेकाे बताए ।











प्रतिक्रिया