लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त 

420
Shares

बुटवल। 

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । 

त्यस अघि चेतनारायण आचार्यले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । एमालेका २९ र काङ्ग्रेसका २७ गरी ५६ जना प्रदेशसभा सदस्यको हस्ताक्षर सहित प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेस गरेका हुन् । मुख्यमन्त्री बनेका आचार्य अर्घाखाँची निर्वाचन क्षेत्र १ को १ बाट निर्वाचित हुन् । आचार्य यसअघि माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री थिए ।