लुम्बिनीमा आचार्यलाई मुख्यमन्त्री बनाउन दाबी पेस


बुटवल । 

लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई नयाँ मुख्यमन्त्री बनाउन दाबी पेस गरिएको छ ।

कांग्रेस र एमालेको समर्थनमा आचार्यलाई मुख्यमन्त्री बनाउन सोमबार अपराहन्न दाबी पेस गरिएको हो ।

यसअघि संसदीय दलका नेता लीला गिरीलाई मुख्यमन्त्री बनाउने तयारी भएपनि एमाले केन्द्रीय नेतृत्वको हस्तक्षेपपछि आचार्यलाई मुख्यमन्त्रीको रुपमा अगाडी सारिएको हो ।

लुम्बिनीमा कांग्रेस र एमाले मिल्दा स्पष्ट बहुमतमा रहेका छन् । ८७ सदस्यीय लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद गरी कुल ५६ सांसद रहेका छन् । प्रदेशमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्दछ ।