लुम्बिनीको मुख्यमन्त्रीमा एमालेबाट चेतनारायण आचार्य

560
Shares

बुटवल ।

 लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेबाट चेतनारायण  आचार्य  हुने भएका छन् ।  एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरी छन् । तर गिरीलाई नबनाएर उपनेता आचार्यलाई बनाउन लागिएको हो ।  आचार्य महासचिव शंकर पोखरेल पक्षका हुन् । गिरी उपाध्यक्ष विष्णु पौडेल पक्षका मानिन्छन् । तर उनी खुलेर पक्षधरता देखाउँदैनन् ।
 
एमाले सचेतक तुल्सीप्रसाद चौधरीले पार्टी केन्द्रले मुख्यमन्त्रीमा आचार्यलाई बनाउने निर्णय गरेको बताए । कांग्रेस र एमालेले आज प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्दैछन् । प्रदेश प्रमुखले आज साँझ ६ बजेसम्म दाबी पेस गर्न समय दिएका छन् । आचार्य यसअघि आर्थिक मामिला तथा योजना मन्त्री थिए ।