ओलम्पिकको सबैभन्दा आकर्षण इभेन्ट दौड

बोल्टको १ सय र २ सय मिटरमा कीर्तिमान


एजेन्सी ।

ओलम्पिकमा समावेस खेलमध्ये एथ्लेटिक्स मुख्य रूपमा चासो र आकर्षण रहेको इभेन्ट हो। विशेष गरी १००, २००, ४००, ४ गुणा १०० मिटर रिलेले सबैभन्दा आकर्षित गर्छन्। कीर्तिमान पनि यसै विधामा बढी बन्ने गर्छ।

पुरुषतर्फ युसेन बोल्टको नाममा १ सय र २ सय मिटर दौडको कीर्तिमान रहेको छ। महिलातर्फ अमेरिकाकी फ्लोरेन्स ग्रीफिथ जोएनरले १९८८ मा राखेकी कीर्तिमान भने अहिलेसम्म बनिरहेको छ।

यसपटक पेरिस ओलम्पिकमा महिला र पुरुष गरी ४८ खेलाडीले एथ्लेटिक्समा प्रतिस्पर्धा गर्दैछन्। जसमा, दुबै विधामा २३–२३ जना खेलाडीले पदकका लागि प्रयास गर्नेछन्। यीमध्ये कोही खेलाडीले युसेन बोल्ट र फ्लोरेन्स ग्रीफिथ जोएनरको कीर्तिमान तोड्न सक्ला वा सक्दैनन् त्यो ओलम्पिक शुरु भएपछि नै थाहा होला। अहिले यहाँ केही कीर्तिमान प्रस्तुत गरिएको छ।
पुरुष १०० मिटर
–जमैकाका छोटो दुरीका धावक उसेन बोल्टले लण्डन २०१२ ओलम्पिकमा ९.६३ सेकेण्डको नयाँ कीर्तिमान राखेको ।
–४ वर्षअघि आफैले राखेको कीर्तिमानमा .०६ सेकेण्डको सुधार गरेको ।
–बेइजिङ ओलम्पिक २००८ मा ९.६९ सेकेण्डको नयां कीर्तिमान रचेकोे ।
–यसअघि क्यानाडाका रनर दोनोभान बेलीले १९९६ को एटलान्टा ओलम्पिकमा ९.८४ सेकेण्डको कीर्तिमान राखेको
महिला १०० मिटर
–जमैकाकी छोटो दुरीकी धाविका एलीन थोम्पसन हेराहले टोकियो ओलम्पिक २०२१ मा १०.६१ सेकण्डको नयाँ कीर्तिमान राखेकी ।
–थोम्पसन हेराहले ३३ वर्षको कीर्तिमान तोडेकी ।
–यसअघि अमेरिकाकी लिजेन्ड धाविका फ्लोरेन्स ग्रीफिथ जोएनरले सोल १९८८ ओलम्पिकमा १०.६२ सेकेण्डको कीर्तिमान रचेकी ।
–फ्लोजो छोटो नामले चर्चित ग्रीफिथ जोएनरले यो क्वार्टरफाइनलमा किर्तिमान बनाएकी ।
–तर, फाइनलमा उनले १०.५४ सेकेण्डको समयमा स्वर्ण जितेपनि हावाको वेगलाई कारण देखाई यो समयलाई कीर्तिमान मानिएन ।
पुरुष २०० मिटर
–बोल्टले बेइजिङ २००८ ओलम्पिकमा १९.३० सेकेण्डको कीर्तिमान राखेको ।
–बोल्टले १२ वर्षअघि अमेरिकाका माइकल जोनसनले राखेको १९.३२ सेकेण्डको कीर्तिमान तोडेको ।
–तर, बोल्टले २००९ मा बर्लिनमा भएको विश्व च्याम्पियनसिपमा १९.१९ सेकेण्डको विश्व कीर्तिमान बनाएको ।

महिला २०० मिटर
–फ्लोरेन्स ग्रीफिथ जोएनरले सोल ओलम्पिक १९८८ मा २१.३४ सेकेण्डको कीर्तिमान राखेकी ।
–जोएनरले अमेरिकाकै भालेरी ब्रिस्को हुक्सले १९८४ लस एन्जेलस ओलम्पिकमा राखेको २१.८१ सेकेण्डको कीर्तिमान तोडेकी ।

पुरुष ४ गुणा १०० मिटर
–नेस्टा कार्तर, माइकल फराटर, योहान ब्लेक, युसेन बोल्टसम्मिलित राष्ट्र जमैकाले लण्डन ओलम्पिक २०१२ मा ३६.८४ सेकेण्डको कीर्तिमान राखेको
–जमैकन टोलीले १९९२ मा बार्सिलोनामा भएको कीर्तिमान २० वर्षपछि तोडेको तोडेको
–बार्सिलोना ओलम्पिकमा अमेरिकी टोलीले ३७.४० सेकेण्डको समय निर्धारण गरेको थियो ।
महिला ४ गुणा १०० मिटर
–अमेरिकी टोलीका टियान्ना मेडिसन, एलीसन फेलिक्स, बायान्का नाइट र कार्मेलीटा जेटरले २०१२ लण्डन ओलम्पिकमा ४०.८२ सेकेण्डको कीर्तिमान राखेका ।
–यो संयुक्त कीर्तिमान हो । यसअघि १९८० मास्को ओलम्पिकमा पूर्वी जर्मनीको टोलीले यति नै समय निर्धारण गरेर स्वर्ण पदक जितेको ।