पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या


सर्लाही ।

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ। सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति उनको हत्या भएको हो । उनको टाउकोको बायाँ भागमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए।

अहिले प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ। अनुसन्धानका लागि घटनास्थलमा तालिम प्राप्त कुकर परिचालन गरिएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए।

“घटनास्थलको प्रकृति हेर्दा उहाँको हत्या भएको आशंका छ”, प्रहरी उपरीक्षक सिंहले भने, “लालगढबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु गरेका छौँ।” रायको हत्याको कारणबारे खुल्न सकेको छैन्।  पूर्वराज्यमन्त्री राय २०५० सालमा भूमिव्यवस्था राज्यमन्त्री भएका थिए।