ज्ञानेन्द्रले स्वरांकन गरे नमेटिने घाउ


काठमाडौं ।

अभिनेता रमित ढुंगानाको निर्माण निर्देशनमा निर्माणाधीन फिल्म नमेटिने घाउमा अभिनय गरेका सांसद ज्ञानेन्द्र शाहीले आफ्नो पात्रको स्वरांकन गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसमेत देखिने फिल्मका लागि ओलीले पनि स्वरांकन गर्ने निर्देशक ढुंगानाले बताए। एसिड सर्भाइभरको वास्तविक जीवनमा आधारित फिल्ममा एसिड आक्रमणमा परेका ३३ पीडितको कथा समेटेको जानकारी ढुंगानाले गरेका छन्। फिल्म शिवम् अधिकारीले सा“ढे दुई वर्ष लगाएर लेखेको दाबी गरेका छन्।

मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा,लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखकलगायतले अभिनय गरेको फिल्ममा प्रहरी उपरीक्षकद्वय बाल नरसिंह राणा र कुमुद ढुगेल, प्रहरी निरीक्षक जेआर शर्मालगायत दुई सयभन्दा बढी प्रहरी पनि कलाकारका रूपमा देखिनेछन्। फिल्ममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि देखिनेछन्।