लुम्बिनीमा एमालेका गिरी नयाँ मुख्यमन्त्री बन्ने

0
Shares

बुटवल ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री जोखबाहादुर महराले पदबाट राजीनामा दिएका छन् । महराले आईतवार दिउँसो प्रदेशसभामा सम्बोधनपछि राजीनामाको घोषणा गरेका हुन् ।

सो अवसरमा बोल्दै उनले आफू काम चलाउनमा एकछिन पनि बस्न नसक्ने बताउँदै छिटो सरकार गठनका लागि आग्रह गरे । अब बन्ने सरकारलाई शुभकामना व्यक्त गर्दै उनले छिटो सरकार गठन गरी मन्त्रीपरिषदलाई पूर्णता दिन आग्रह गरे । केन्द्र सरकारमा सत्ता समीकरण परिवर्तन भएसँगै नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महरा अल्पमतमा पारेका थिए। नेकपा माओवादी केन्द्र संसदीय दलका नेता महराले आफू अल्पमतमा परेपछि कुनै निर्णय गर्दैन भनेर अडान लिएको र त्यो बाचालाई समेत पूरा गरेको बताए ।

‘घिटी घिटी भएर बस्ने मेरो चाहाना थिएन असार मसान्त भएका कारण म बस्नै पर्ने बाध्यता थियो ।’–महराले भन्नु भयो अब असार मसान्त पनि सकिएको छ । नयाँ सरकार गठनका लागि शुभकामना दिन चाहान्छु । महराले आफू नेतृत्वको सरकारले ल्याएको बजेट कार्यान्वयन हुँदैन कि भन्ने चिन्ता गर्ने वातावरण नबनाउन नयाँ सरकारलाई आग्रह समेत गरे। केन्द्रमा कांग्रेस–एमाले सत्ता गठनमा लुम्बिनीको नेतृत्व एमालेले गर्ने भनिएको छ । गत चैत २३ गते महरा लुम्बिनी प्रदेशसभामा ८७ सदस्यीय सांसदमध्ये एमालेका २९, माओवादी १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा ३, नेकपा एस १ र स्वतन्त्र सांसद खड्ग बस्नेत गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक हुन्छ । प्रदेश सभामा एमालेको २९ र कांग्रेसको २७ गरी ५६ सांसद छन्। यसमा साना दलहरूलाई पनि समेट्ने एमाले र कांग्रेसको योजना रहेको छ । लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादी ११ , राप्रपा र नागरिक उन्मुक्ति पार्टी ४/४, जनमत पार्टी ३ ,लोकतान्तिक समाजवादी पार्टी ३ ,जसपा २ जसपा नेपाल १ नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक/एक जना तथा एकजना स्वतन्त्र गरी ८७ प्रदेश सभा सदस्य रहेका छन ।

महराको राजीनामा प्रदेश प्रमुख समक्ष पुगेपछि प्रदेशप्रमुखले सरकारका वनाउन दावि पेस गर्न आह्वान गरेपछि सोमवार एमाले संसदीय दलका नेता लिला गिरीले सरकारको नेतृत्व संगै दाबी पेस गर्ने गरि तयारी गरिएको एमाले नेता तुल्सी चौधरीले बताए ।