ओली प्रधानमन्त्री बन्दा सबैभन्दा बढी खुशी छु, तर विश्वासको मत दिदैनौं : लिङदेन


काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । आज प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई विश्वासको मत नदिने स्पष्ट गरेका हुन् ।

अध्यक्ष लिङ्देनले आफू र आफ्नो दलको विगतमा एमालेसँग निर्वाचनमा तालमेल भएको उल्लेख गर्दै ओली प्रधानमन्त्री बन्दा आफु सबैभन्दा धेरै खुसी भएको बताए ।

उनले यसअघि पनि राप्रपाले २ पटक प्रधानमन्त्री ओली रहँदा विश्वासको मत दिएको स्मरण गर्दै सरकारले संबिधान संशोधनको स्पष्ट खाका पेश गरेमा सरकारलाई सहयोग गर्ने पनि बताए ।

साथै उनले आम निर्वाचन हुना साथ आफुले कांग्रेस र एमाले मिलेर सरकार बनाउन आग्रह गरेको स्मरण गर्दै अहिले आएर काँग्रेस-एमाले एक भएको प्रसंगमा यो गठबन्धन सफल नभए के हुन्छ भन्दै प्रश्न गरेका थिए । अध्यक्ष लिङदेनले माओवादी केन्द्र र फरक विचार राखिरहेका आफुहरुलाई मान्य हुने गरि नया सहमति गरेर अगाडी जान प्रस्ताव गरेका छन् ।