फुटपाथ निर्माण भइरहेको स्थानबाट हामीले डोजर हटाएका छैनौ : राजुनाथ पाण्डे


 काठमाडौँ। 

 काठमाडौँ महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले फुटपाथ निर्माण भइरहेको स्थानबाट आफूहरुले डोजर  नहटाएको स्पष्ट परेका छन् । ठेकेदारले पनि हटाएको होइन, हामीले त हटाउने कुरै भएन –उनले भने । उनका अनुसार ठेकेदारले काम गरिरहेको थियो । के कारणले हटाएको हो जानकारी भएन । 

  कामपाले पहिलो चरणमा न्यूरोड जुद्ध शालिकदेखि इन्द्रचोकसम्म फुटपाथ बिस्तार  सुरु गरेको थियो । कामपाले न्युरोडक्षेत्र फुटपाथ विस्तार गर्न आरोग्य–साइटेक जेभीलाई जेठ २ गतेबाट सुरु भएको ठेक्का चेतसम्म सम्पन्न गर्नेगरी स्वीकृत गरेको थियो । कामपाले २ करोड १८ लाखमा ठेक्का दिएको थियो । नगरप्रहरी प्रमुख पाण्डेले महानगरको निर्णय नभै  आफूहरुले जोडर र सवारी साधन फर्काउन नमिल्ने बताए । 

 उनका अनुसार ट्राफिक प्रहरीले जेब्रा क्रसमा  सवारी राख्न हुँदैन  भनिरहेको थियो, हामीले सो विषय वास्तै गरेनौ । सवारी आवागमनमा समस्या आएपछि ट्राफिक प्रहरीले हटाएको हुनसक्छ ।