सबै दलको सहमतिमा मात्र संविधान संशोधन गर्छौँ : देउवा


काठमाडौँ ।

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन सबै दलको सहमतिमा मात्र गर्ने बताएका छन् ।

प्रतिनिधि सभामा बोल्दै सभापति देउवाले संविधान संशोधन स्वाभाविक प्रक्रिया रहेको सबै दलको सहमतिमा मात्र संबिधानको संशोधन गरिने र संविधानलाई सहभागिता मूलक बनाइने बताए ।

संविधान निर्माण भएको आठ वर्ष पुगेको र यसका सबल र दुर्बल पक्षको विश्लेषण गरेर संविधान संशोधन गर्नुपर्ने उनले बताए ।

उनले ओलीको नेतृत्वमा सरकारले अहिलेको निराशालाई चिर्दै देशमा मा बदलिने विश्वासको व्यक्त गरे । उनले कांग्रेस र एमालेले देशमा राजनीतिक स्थिरताका लागि गठन भएको र यसमा सफल हुने विश्वास व्यक्त गर्दै ओलीको नेतृत्वको सरकारले देशलाई विकासको बाटोमा लैजाने बताए ।