कांग्रेस संसदीय दलको बैठक बस्दै


काठमाडौं ।

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ। बैठक मध्याह्न १२ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने, देशभर बाढीपहिराका कारण भएको क्षति तथा पीडितलाई सहयोग एवं सामसामयिक विषयमा निर्णय हुने उनले बताए।