आइतबारको संसद बैठकमा अनिवार्य उपस्थित हुन एमालेको ह्विप


काठमाडौं ।

 नेकपा एमालेले आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूमा ह्विप जारी गरेको छ ।

आइतबार अपराह्न १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएकोले एमालेले आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको हो ।

प्रधानमन्त्री ओलीलाई संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले विश्वासको मत दिने भएकोले बहुमत जुटाउन समस्या रहेको छैन । काँग्रेस-एमाले विश्वासको मतमा दुई तिहाइ समर्थन जुटाउने कसरतमा लागिरहेका छन् ।

त्यस्तै प्रधानमन्त्री ओलीलाई तीन विपक्षी दल माओवादी केन्द्र, रास्वपा र एकीकृत समाजवादीले भने विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।