धादिङ अदालतमा स्वचालित मुद्दा तारेख प्रणाली लागु, गत वर्ष १२ सय ८ मुद्दा फैसला

140
Shares

धादिङ ।

जिल्ला अदालतले यस आर्थिक वर्ष ०८०. ८१ को साउन देखि स्वचालित पेशी तारेख प्रणालीको सुरुवात गरेको छ ।

मुद्दाका पेशी र तारेख दिनका लागि अनियमितहुने गरेको आरोप पछि अदालतले आफूलाई परिमार्जन गर्दै स्वचालित रुपमा पेशी र तारेख तोक्नका लागि सर्वोच्च अदालतको निर्देशनमा यो प्रणालीको सुरुवात गरिएको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले बताउनुभयो ।

यसअघि मुद्दा प्रणाली भनसुन र कर्मचारीको तजविजी अधिकारको रुपमा रहेकोमा सवाचालित प्रणाली लागुभएपछि मुद्दाका बादी प्रतिवादीहरुले भनेको भरमा नभइ प्रणालीले नै मुद्दाको पेसी र तारेख तोके छ । यसका कारण तारेख पेसीमा विचौलियाको अन्त्य हुने अदालतले विश्वास लिएको छ ।

धादिङ जिल्ला अदालतले गएको आर्थिक वर्ष ०७९।८० मा नयाँ दर्ता १ हजार ५३ र गत वर्षबाट सेर आएका ६ सय ८४ गरि १ हजार ७ सय ३७ थान मुद्दा लगत रहेकोमा १ हजार २ सय ८ मुद्दा फैसला भएको श्रेस्तेदार भण्डारीको भनाइ छ । आगामी वर्षका लागि यसवर्षबाट ५ सय २८ मुद्दा फैसला हुन बाँकी रहेको छ । २ जना न्यायधिस गोपाल प्रसाद बास्तोला र गिता श्रेष्ठ रहेको धादिङ जिल्ला अदालतमा गएको आर्थिक वर्षमा ६९ दशमलब ६ प्रतिशत मुद्दा फैसला भएको छ । जिल्ला अदालतमा सम्बन्ध बिच्छेदका ६ सय ५१ मुद्दाको लगत रहेकोमा ४ सय ७५ थान मुद्दा फैसला भइ १ सय ७६ थान मुद्दा फैसला हन बाँकी रहेको छ । गतवर्षको मुद्दाको प्रकृति हेदा सम्बन्ध बिच्छेदका ३७ दशमलब ४२ प्रतिशत मुद्दा सम्बन्ध बिच्छेदको मुद्दाले ओगटेको देखिन्छ ।

जिल्ला अदालतमा स्वचालित पेशी तारेख प्रणली लागुभएपछि सरल मार्ग सामान्य मार्ग, विषेश मार्ग, बालबालिका र पारिवारिक समूहका मुद्दाहरुलाई वर्गिकरण गरि कम्यूटरले स्वचालित रुपमा मुद्दाको पेसी र तारेख तोक्ने व्यवस्था मिलाएको छ ।

जिल्ला अदालतमा सबै कम्प्यूटरमा प्रणाली जडान भएको र परिक्षण समेत भइसकेकोले साउन ९ गतेबाट पेसी र तारेख तोक्ने काम हुँदा पूर्ण स्वचालित प्रणाली अनुसार चल्ने श्रेस्तेदार भण्डारीको भनाइ छ ।