सरासायनिक मलको अभाव हुन नदिने : कृषि मन्त्री अधिकारी

0
Shares

धादिङ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीलेरासायनिक मलको अभाव नहुने र एक साताभित्र सहज व्यवस्थापन हुने बताउनुभएको छ ।
मन्त्री भएको पहिलो दिन मन्त्रालय पुगेर दैनिक समस्या भोगिरहेका मल किसानका समस्याबारे बुझ्दा रासायनिक मल १ सय ५० हजार मेट्रिकटन मल मौजदात रहेकोले मलको हाहाकार नहुने र एकसाता भित्र सहज ब्यवस्थापनको लाथि निर्देशन गरेको बताउनुभयो ।
नेपाल प्रेस युनियन धादिङले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले कृषि शिक्षा र अनुसन्धान, हाल प्रयोगमा नआएका कृषि उत्पादित जमिनको उत्पादन क्षेत्र बनाउने, विषादी नियन्त्रण र नियमन गर्ने, गुणस्तरीय विउविजन र पशु विकास कार्यक्रम मनत्रालयमा नियमित कार्यक्रम बारे बुझेर व्यवसायिक कृषि बारे योजना बनाउने बताउनुभयो ।
मन्त्री भएको ५ दिन भएको र ३ दिनमात्र मन्त्रालयमा जानकारि लिएर गृहजिल्ला आउनुभएका मन्त्री अधिकारी बुढि गण्डकी जलविद्युत आयोजना बनाउन क्याविनेटमा कुरा उठाउने उहाँको भनाई छ । यसवर्षको बजेटमा बुढिगणडकि जलविद्युत आयोजनामा ५० करोड बजेट छुट्याएको जानकारी दिनुभयो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री अधिकारीले आफु किसानको छोरो भएको र गाउघरमा रैथाने बालि लगाउने बाहेक केही थाहा नभएको बताउनु भएको छ ।
शुक्रबार मन्त्री नियुक्त भएपछि गृहजिल्ला पुग्नु मन्त्री अधिकारीलाई नेपाली काँग्रेस, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, नागरिक समाजको तर्फबाट शुभकामना र बधाई ज्ञापन गरिएको थियो । नागरिक समाजको तर्फबाट दोसल्ला ओडाएर सम्मान गर्दै सम्मानपत्र प्रदान गरिएको थियो ।
नागरिक सम्मान कार्यक्रममा बोल्दै रैथाने बाली लगाउँदा उब्जनी नहुने र बिकासे बाली लगाउँदा बदमासी धेरै हुने भएकोले किसानले दुखपाएको र कृषि क्षेत्रको विकास नभएको मन्त्री अधिकारीले बताउनुभयो ।
कुशलतापुर्वक जिम्मेवारी पूरा गर्नु चुनौती भएपनि कलंकको टिका नलगाई मन्त्री पदबाट विदा हुने मन्त्री अधिकारीले प्रतिवध्दता व्यक्त गर्नुभयो ।