१४ औं महाधिवेशनमा फुटेका त्रयनेता कोइराला १५ औं महाधिवेशनमा जुट्ने संकेत

सुजताले भनिन्, हामीमा कुनै विवाद छैन

196
Shares

काठमाडों ।

गत १४ औं महाधिवेशनबाट अलग अलग समुहमा लागेका नेपाली कांग्रेसका नेता त्रय डा शेरख कोइराला, डा शशांक कोइराला र सुजता कोइरालाबीच एकताको संकेत देखिएको छ । शुक्रबार डा शेरखर कोइरालाको सचिवालयमा पुगेर नेता सुजता कोइरालाले आफुहरुबीच कुनै विवाद नरहेको भन्दै आगामी महाधिवेशनमा मिलेर जाने बताइन ।

उनले आगामी महाधिवेशनमा डा शशांकलाई पनि एकैठाउमा ल्याएर संगसंगै जाने प्रतिवद्धता जनाउदै नेता कार्यकर्ताहरुलाई कांग्रेसको संगठन बलियो बनाउन उत्साहका साथ सबै मिलेर अघि बढ्न अनुरोध गरिन । डा शेखरसँगको भेट पछि नेता सुजताले पार्टीको आगामी महाधिवेशनमा शेखर कोइरालालाई पार्टी सभापतिमा समर्थन गर्ने घोषणा गरिन् । पार्टीका अग्रज आफ्ना परिवारहरूले देखेको सपना पूरा गर्ने नेतृत्वदायीक भूमिका शेखर कोइरालाले लिएको भन्दै सुजाता कोइरालाले मुलुकलाई निकास एकजुट हुनै पर्ने उनको भनाई छ । आम कार्यकर्ताकाबीच भएको दुई नेताबीचको औपचारिक भेटपछि डा शेखर कोइरालाले पार्टी बलियो भए मात्रै देशको समग्र अवस्था बलियो हुने बताए ।

‘हामीहरु एक ढिक्का भएर अघि बढ्न सक्यौ भने मात्रै देश बचाउन सक्छौं’, कोइरालाले भने–‘सानुबुवा अर्थात नेत गिरीजाप्रसाद कोइरालाको सहमति सहकार्य र एकताको सन्देशलाई हामीले व्यवहारमा लागुगर्यौ भने मात्रै पार्टी बलियो हुन्छ, देश बलियो हुन्छ । नेपाली कांग्रेसलाई एकढिक्का बनाउन साथिहरुको सहयोगमा सुजताजीपनि आउनुभएको छ । पार्टी बलियो बनाउन हामी एकठाउ आउनै पर्छ भन्ने मेरो पहिला देखिकै प्रयास थियो । अव विस्तारै त्यसले पूर्णता पाउँदैछ ।’ देश अप्ठेरो अवस्थामा रहेका बेला सबै मिलेर अघि बढ्नुपर्ने डा कोइरालाले सबै जिल्लाका नेता कार्यकर्तालाई समेत अनुरोध गरे ।

गत महाधिवेशनमा सभापति लडेका दाजु शेखर कोइरालालाई छाडेर प्रकाशमासिंह क्याम्पबाट उपसभापति लडेकी सुजतालाई कोइराला निकट नेताहरुलेसंगै मिलेर जाने वातावरण बनाउने भुमिका खेलेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा गोविन्द पोखरेलले जानकारी दिए । ‘पार्टी बलियो बनाउन र लोकतन्त्रलाई सुदृढ गर्नका लागी कोइरालाहरु एक ठाउमा हुनुको विकल्प छैन’, डा पोखरेलले भने– ‘यसैलाई मध्यनजर गर्दै म लगायत साथिहरुको सरसल्लाह बमोजिम १४ औं महाधिवेशन अघि पहिलो पटक आज सुजता कोइरालाल डा। शेखर कोइरालासँग औपचारिक भेटघाट गर्नुभयो । केही समयमा डा शशांक पनि आउने र कोइराला नेतात्रय एकढिक्का भएर अघि बढ्ने विषयमा सकारात्मक हुनुभएको छ ।’

गत निर्वाचनमा सुजता प्रकाशमानसिंह समुहबाट सुजता उपसभापति लड्दा डा विपी पुत्र डा। शशौक कोइराला शेरबहादुर देउवा समुहमा केन्द्रीय सदस्य लडेपछि सभापतिका उम्मेदवार डा शेखर कोइरालालाई असहयोग भएको थियो । त्यस बेला नै उहाहाँहरु मिलेर जानुभएको भए डा। शेखर सभापति हुने र कांग्रेस अझ शक्तिशालि पार्टी बन्ने नेता गोविन्द पोखरेलले बताए ।