काठमाडौं आइरहेको बसमाथि पहिरो खसेपछि‍‍‍…


काठमाडौं ।

बझाङबाट काठमाडौंतर्फ आइरहेको एक बसमा पहिरो खसेको छ ।

शुक्रबार बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत छविसपाथिभेराको भ्यागुते खोलानजिक सडकमाथिबाट खसेको पहिरो बसमै परेको थियो ।

गुडिरहेकै यात्रुकाहक बसमा अचानक माथिबाट ठूलो पहिरो खसे पनि दुर्घटना हुनबाट जाेगिएकाे छ ।

पहिरोले बसको पछिल्लो भागलाई धकेलेर भिरतर्फ धकेलेको थियो ।

गत शुक्रबार चितवनको भरतपुर महागनरपालिका-२९ स्थित सिमलतालमा यस्तै पहिरोले दुईवटा बस सोहोरेर त्रिशूलीमा हालेको थियो ।

ठूलो दुर्घटनाबाट जोगिएको छ ।